आइतवार, मंसिर २३ २०८१
मंसिर, २३ गते काठमाडौ। एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको प्रथम राष्ट्रिय परिषद् सम्पन्न भएको छ। पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल 'प्रचण्ड' को प्रमुख अतिथ्यतामा राष्ट्रिय परिषद् सम्पन्न भएको हो।
UANTO को केन्द्रिय अध्यक्ष शंकर अधिकारीको सभापतित्वमा एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का उपाध्यक्ष पम्फा भुसाल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का उपाध्यक्ष अग्नि सापकोटा एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का सचीव ,संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का स्थायी सदस्य तथा UANTO का फ्यक्सन इन्चार्जको बिशेष आतिथ्य रहेको थियो।
प्रथम राष्ट्रिय परिषदको मुख्य नारा 'डिजिटल शिक्षा, शिक्षक र शिक्षण - गुणस्तरीय शिक्षाको आधार, संघीय शिक्षा ऐन निर्माण र कार्यान्वयन UANTO को कार्यभार' रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री प्रचण्डले विद्यालय शिक्षा विधेयक ल्याउन र शिक्षकमैत्री बनाउन हदैसम्मको पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । "समाजको अग्रकर्ता,भबिष्यको कर्णधारका अभियान्ता आदरणीय शिक्षक नै संविधानको कार्यान्वयनकर्ता भएकोले समाजमा हुने भ्रष्टाचार विरुद्ध तपाईंको महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुनेछ" प्रचण्डले बताउनुभयो।
कार्यक्रममा संघिय संसदका पुर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बडे बढे पढेलेखेका मान्छेहरु जागिरका लागि भौतारिरहेका छन तर ती किसानहरू, ड्राइभरहरु, मजदुरहरु बढो स्पष्ट बिचारसहित अघि बढिरहेका छ्न त्यसैले शिक्षा हाम्रो माटोसंग जोड्नुपर्छ,श्रमसंग जोड्नुपर्छ र सीपसंग जोड्नुपर्छ। अहिलेको शिक्षाले अति महत्वाकांक्षी बनाइदियो जसले गर्दा मानिस रसियाको युद्धमा युद्ध लड्न पनि गैरहेका छन् । पार्टीलाई नै चुनौती हुने खालको शैक्षिक जगतको योजना ल्याउनु,उत्तर भन्दा प्रश्नले समस्याको माग गर्छ माक्र्सले भनेका थिए त्यसैले प्रश्न गर्नुस,चुनौती दिनुस भनेर निर्देशन दिएका थिए। आफ्नै छोराछोरीले टेर्ने हुनको लागि पनि तपाईंले सिक्नैपर्छ। अमेरिक ,भारत र चिनको भिडन्त हुँदैछ जसको इपिसेन्टरमा नेपाल छ,यो हाम्रो चुनौती हो अवसर पनि हो त्यसैले संकल्प गरौं र इतिहास निर्माण गरौं उनले भनेका छन् ।
उक्त कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षका हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताए । शिक्षक संगठनहरुसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेको बताए । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकता आवश्यक रहेको बताए । समाजवादी शिक्षा प्रणालीका लागि समाजवादी बौद्धिक शक्ति एक हुनुपर्ने उनले बताए ।
त्यस्तै शिक्षक महासंघको राष्ट्रिय समितिको अध्यक्ष लक्ष्मीकिश्वोर सुबेदीले शिक्षकसंग भएको सहमति सहित बिधालय शिक्षा विधेयक हिउँदे अधिबेशनमा छलफलमा ल्याउन जोडदार माग गर्नुभएको थियो भने यदि विधेयक ल्याउन दिइएन भने शिक्षक आन्दोलन भाग दुईमा जाने चेतावनी दिनुभएको थियो।
यस परिषदको अवसरमा डा.बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन। एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरेका हुन् । कार्यक्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबिच एकता भएको घोषणा गरिएको थियो ।