Oct 03 2026 | २०८३, आश्विन १७ गते

एडिनद्वारा विद्यालय नेतृत्वकर्ताका लागि इमोसनल इन्टेलिजेन्स कार्यशाला सम्पन्न

एडिनद्वारा विद्यालय नेतृत्वकर्ताका लागि इमोसनल इन्टेलिजेन्स कार्यशाला सम्पन्न

  • 71
    SHARES

  • एडिनद्वारा विद्यालय नेतृत्वकर्ताका लागि इमोसनल इन्टेलिजेन्स कार्यशाला सम्पन्न

    काठमाडौं । इडुकेशनल डेभलपमेन्ट इनिसिएटिभ नेपाल (एडिन) ले विद्यालय नेतृत्वकर्ताका लागि ‘इमोसनल इन्टेलिजेन्स’ सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ। ‘लिड विथ हर्ट, इन्स्पायर विथ माइन्ड’ नारासहित आयोजित ‘इडियु डाइलग ५.०’ मा विद्यालय नेतृत्व, विद्यार्थीको मानसिक स्वास्थ्य तथा भावनात्मक विकासका विषयमा छलफल गरिएको हो।

    IMG-20260922-WA0000.jpg

    कार्यक्रममा दक्षिण कोरियाकी साइकोथेरापिस्ट, कोच तथा इनेग्राम एजुकेटर सेसिलिया सु येन लीले ‘इमोसनल इन्टेलिजेन्स’ तथा ‘स्पिरिचुअलिटी एन्ड लिडरसिप’ विषयमा प्रस्तुति दिइन्। उनले विद्यालय शिक्षाले विद्यार्थीलाई ज्ञान र परीक्षाका लागि तयार पार्ने मात्र नभई उनीहरूको भावनात्मक, मानसिक, शारीरिक तथा आध्यात्मिक पक्षको समेत विकास गर्नुपर्ने बताइन्।

    IMG-20261003-WA0060.jpg

    उनले मानव व्यक्तित्वलाई मन, हृदय, शरीर र आत्माका चार आयामबाट बुझ्नुपर्ने धारणा राख्दै विद्यार्थीको भावनात्मक तथा आध्यात्मिक पक्षलाई पर्याप्त ध्यान नदिँदा उनीहरूमा मानसिक दबाब बढ्न सक्ने बताइन्। विद्यालयमा आध्यात्मिकताको अर्थ कुनै एक धर्म वा धार्मिक अभ्यासमा सीमित नभई मानवीय मूल्य, आत्मचेतना, सम्बन्ध, सहकार्य र अरूको हेरचाह गर्ने व्यवहारसँग जोडिनुपर्ने उनको भनाइ थियो।

    कार्यक्रममा काठमाडौं विश्वविद्यालयका लेक्चरर, मनोविद् तथा वेलबीइङ सहजकर्ता कपिल शर्माले दैनिक जीवनमा इमोसनल इन्टेलिजेन्सको महत्वबारे प्रस्तुति दिए। उनले आत्मजागरुकता, आत्मव्यवस्थापन, सामाजिक जागरुकता र सामाजिक सम्बन्ध व्यवस्थापनलाई भावनात्मक बुद्धिमत्ताका महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरे।

    IMG-20261003-WA0033.jpg

    उनका अनुसार इमोसनल इन्टेलिजेन्स अरू व्यक्ति वा परिस्थिति परिवर्तन गर्ने विषय मात्र नभई आफ्ना भावनात्मक प्रतिक्रियालाई बुझेर विवेकपूर्ण ढंगले अघि बढ्ने क्षमता हो।

    कार्यक्रममा एडिनका निर्देशक हिक्मत दाहालले विद्यार्थीमा डिप्रेसन, एन्जाइटी, तनाव तथा अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको भन्दै विद्यालयको काउन्सेलिङ प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।

    IMG-20261003-WA0039.jpg

    उनले विद्यार्थीको मानसिक स्वास्थ्यलाई समस्या देखिएपछि उपचार गर्ने विषयका रूपमा मात्र नभई विद्यालय, परिवार र समुदायको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। साइबरबुलिङ, बदलिँदो पारिवारिक संरचना, एक्लोपन तथा शैक्षिक दबाब विद्यार्थीको मानसिक स्वास्थ्यसँग जोडिएका प्रमुख चुनौतीका रूपमा रहेको उनले उल्लेख गरे।

    कार्यक्रममा प्रस्तुत विभिन्न अध्ययनका तथ्यांकअनुसार शहरी नगरपालिकामा विद्यार्थीमध्ये ५६.५ प्रतिशतमा डिप्रेसनका सामान्य लक्षण देखिएको तथा काठमाडौं महानगरका हाईस्कुलका विद्यार्थीमा गरिएको DASS-21 सर्वेक्षणमा २६.९ प्रतिशतमा एन्जाइटीका लक्षण देखिएको उल्लेख गरिएको थियो।

    IMG-20261003-WA0022.jpg

    त्यस्तै, माध्यमिक तहका विद्यार्थीमा डिप्रेसनका लक्षण १९ देखि २७.५ प्रतिशतसम्म देखिएको र करिब २३ प्रतिशत विद्यार्थीमा मध्यमदेखि गम्भीर एन्जाइटीका लक्षण देखिने गरेको कार्यक्रममा प्रस्तुत गरिएको थियो। एडिनका कार्यकारी निर्देशक हिक्मत दाहालका अनुसार विद्यालयका नेतृत्वकर्तालाई इमोसनल इन्टेलिजेन्समार्फत विद्यार्थीहरूसँग अझ प्रभावकारी रूपमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    एडिनका निर्देशक मनोज कुमार श्रेष्ठले विद्यालय नेतृत्वकर्ताले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको भावनात्मक अवस्थालाई समेत बुझ्न आवश्यक रहेको धारणा राखे। उनले विद्यालयमा सकारात्मक वातावरण निर्माण गर्न नेतृत्वकर्ताको व्यवहार, सोच र भावनात्मक व्यवस्थापन महत्वपूर्ण हुने बताए।

    IMG-20261003-WA0070.jpg

    कार्यक्रमको समापन गर्दै काउन्सिलर प्रोशन राजभण्डारीले विद्यार्थीको मानसिक तथा भावनात्मक स्वास्थ्यलाई विद्यालय शिक्षाको अभिन्न हिस्सा बनाउनुपर्ने बताए। उनले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको प्रभावकारी सम्बन्धले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै कार्यक्रमले विद्यालय नेतृत्वकर्तालाई आफ्ना भावनात्मक पक्ष बुझ्न र विद्यार्थीलाई थप संवेदनशील ढंगले हेर्न सहयोग पुग्ने बताए।

    IMG-20261003-WA0080.jpg

    करिब ४० विद्यालय सदस्य रहेको एडिनले नियमित रूपमा ‘इडियु डाइलग’ तथा विभिन्न कार्यशाला आयोजना गर्दै आएको छ। उक्त कार्यक्रममा एडिनका डाइरेक्टरजरु तथा विभिन्न विद्यालयका प्रिन्सिपल, संचालक तथा स्कुल लिडरहरुको उपस्थित रहेको थियो। उक्त कार्यक्रमको संयोजन माइलस्टोन युथ ईङ्लिस स्कुलका प्रिन्सिपल शिवराम गिरीले गरेका थिए।

    IMG-20261003-WA0002(1).jpg

    इडियु डाइलग ६.०’ आगामी मङ्सिरमा आयोजना हुनेछ, जसमा विद्यालय भ्रमण तथा अनुभव आदानप्रदानलाई मुख्य विषय बनाइने आयोजकले जनाएका छन् ।

    IMG-20261003-WA0055(1).jpgIMG-20261003-WA0062(1).jpg

    images
    शनिवार, आश्विन १७ २०८३०८:०६:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार