बुधवार, मंसिर २६ २०८१
मंसिर, २६ गते काठमाडौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुदान सहयोगको लागि निवेदन माग गरेको छ। ओलम्पियाड संस्थालाई मन्त्रालयले प्रदान गर्ने अनुदान रकम प्राप्त गर्न इच्छुक र योग्य भएका संस्थासँग आवेदन माग गरेको हो ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आ.व. २०८१/८२ को वार्षिक कार्यक्रम अनुसार नेपालमा संचालनमा रहेका कक्षा बाह वा प्रविणता प्रमाणपत्र तह वा सो सरहभन्दा कम तहमा अध्ययनरत विद्यार्थी सहभागिता गराउने उद्देश्यले वार्षिक रुपमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ओलम्पियाड प्रतिष्पर्धा सञ्चालन गर्ने ओलम्पियाड संस्थालाई यस मन्त्रालयले प्रदान गर्ने जानकारी दिएको छ।
शिक्षा बिज्ञान तथा मन्त्रालयबाट स्वीकृत "राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओलम्पियाड STEAM सञ्चालनसम्बन्धी कार्यविधि, २०८१" को अनुसुची-२ बमोजिमको ढाँचामा मिति २०८१/०९/२५ सम्म कार्यालय समयभित्र निवेदन पेश गर्न भनिएको छ ।
निवेदक दिन आफै उपस्थित भई वा मन्त्रालयको इमेल innovation@moest.gov.np मा आवश्यक कागजात अपलोड गरी निवेदन पेश गर्न सकिनेछ ।
यस सम्बन्धित बिस्तृत जानकारीको लागि www.moest.gov.np वेवसाईटबाट वा यस मन्त्रालयको विज्ञान प्रविधि महाशाखामा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ । साथै म्याद नाघी दर्ता हुन आएका वा रीत नपुगेका निवेदन उपर कुनै कारवाही नहुने समेत जानकारी दिएको छ।
