Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकिएको छः मन्त्री भट्टराई

शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकिएको छः मन्त्री भट्टराई

  • 675
    SHARES

  • शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकिएको छः मन्त्री भट्टराई

    पुस, ३ काठमाडौँ, । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकलाई मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् ।

    बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा शिक्षकको नियमित रूपमा तलबको व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन दिईसकिएको बताएकी हुन् ।

    भट्टराईले भनिन्, ‘३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएकोमा ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौं,’।

    साथै मन्त्री भट्टराईले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताईन् । बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको पनि उनले जानकारी गराईन् ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार