सोमवार, पौष ८ २०८१
पुस, ८ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पसले विभिन्न विषयका २६ पदमा आवेदन माग गरेको छ । क्याम्पसले बढीमा १ वर्षका लागि करार सेवमा नियुक्ति गर्नुपर्ने भएकोले विभिन्न विषयका २६ का उप-प्राध्यापक पदमा आवेदन माग गरेको हो ।
महाराजगन्ज चिकित्सा क्याम्पसका लागि निम्नलिखित विषय र पदमा बढीमा १ वर्षका लागि करार सेवमा नियुक्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकले यो सूचना प्रकाशित मितिले २८ दिनभित्र आवेदन फाराम भरी बुझाउन सक्ने सूचनामा उल्लेख छ।
यसको विस्तृत जानकारीका लागि क्याम्पसको सूचना पाटी सार्थ website: https://mmciom.edu.np/vacancy/, www.mmc.tu.edu.np/vacancy मा हेर्न सक्नेछन।

