Aug 13 2026 | २०८३, श्रावण २८ गते

विद्यालय शिक्षा विधेयक माथि धनगढीमा प्रदेश स्तरीय छलफल शुरु

विद्यालय शिक्षा विधेयक माथि धनगढीमा प्रदेश स्तरीय छलफल शुरु

  • 970
    SHARES

  • विद्यालय शिक्षा विधेयक माथि धनगढीमा प्रदेश स्तरीय छलफल शुरु

    पुस, ९ गते काठमाडौं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक माथि प्रदेश स्तरमा छलफल शुरु गरेको छ । समितिले मंगलबार देखि सुदुरपश्चिमको धनगढीमा शुरु प्रदेश स्तरीय छलफल शुरु गरेको हो । 

    उक्त छलफलमा प्रदेश सभाका प्रमुख सचेतकहरु, प्रदेश सभाका सामाजिक विकास समिति सदस्यहरु, सामाजिक विकास मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव र शिक्षा हेर्ने महाशाखा प्रमुख, प्रदेश प्रमुख सचिवलगाएत गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका सँघ, जिल्ला समन्वय समितिबाट गरी १८ प्रतिनिधि सहभागी रहेका छन । शिक्षक महासंघ, प्रदेशका तीन सामुदायियक विद्यालयका प्रधानाध्यापक, निजी विद्यालयका प्रतिनिधिलाई पनि विधेयकको छलफलमा सहभागि गराएर समितिले सुझाव लिँदैछ । 

    छलफलमा समिति सभापति अम्मरबहादुर थापा, सांसद इश्वरी घर्ती, ज्ञानु सुवेदी, महेन्द्र राय र रामप्रकाश चौधरी सहभागि छन् । शिक्षाविद् डा. विष्णु कार्कीलाई विषयबस्तुको प्रस्तुती र आवश्यक सहजीकरणको जिम्मा दिईएको छ ।  

    सुदूरपश्चिम प्रदेशको सुझाव संकलन सकिएपछि पुस १३ गते कोशी प्रदेश र १५ गते मधेश प्रदेशमा छलफल गर्ने समितिले निर्णय गरेको छ । 

    images
    मंगलवार, पौष ९ २०८१०५:०९:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार