Oct 03 2026 | २०८३, आश्विन १७ गते

शैक्षिक जनशक्ति विकास परिषदद्वारा तालिम पाठ्यक्रम स्वीकृत

शैक्षिक जनशक्ति विकास परिषदद्वारा तालिम पाठ्यक्रम स्वीकृत

  • 552
    SHARES

  • शैक्षिक जनशक्ति विकास परिषदद्वारा तालिम पाठ्यक्रम स्वीकृत

    पुस, ११ गते काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषद्ले तालिम पाठ्यक्रम स्वीकृत गरेको छ । बिहीबार बसेको परिषद्को २७ औँ बैठकले एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम, शिक्षक पेसागत विकास तालिम सहित एक दर्जन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको हो ।

    यसअघि शिक्षक पेसागत विकासको प्रारूप २०८० ले शिक्षक पेसागत विकासका विभिन्न १० वटा विधिहरूमार्फत शिक्षकको पेसागत विकासको सुनिश्चितता गरेको थियो । प्रत्येक विधिहरूलाई कार्यान्वयनमा ल्याउनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले काम अगाडी बढाएको थियो ।

    शिक्षामन्त्री भट्टराईले शिक्षक जनशक्तिको अध्ययन गरी शिक्षकको परिभाषालाई पुनर्भाषित गर्नुपर्ने बताइन् । तालिम पाठ्यक्रमलाई गाइडेन्स प्रिन्सिपल मानी तालिमका विषयवस्तुलाई लचिलो बनाउने, तालिम केन्द्रहरूले आफ्नो विशिष्टीकृत विशेषताहरूका आधारमा थप विषयवस्तु राख्ने, पाठ्यक्रमलाई समय समयमा शिक्षक/विज्ञ/तालिम केन्द्रहरूमा अन्तरक्रिया गरी प्राप्त सुझावका आधारमा परिमार्जन गर्नुपर्ने उनले बताइन् ।

    तालिम पाठ्यक्रमले शिक्षकका कुरा विद्यार्थीले सुनेर सिक्ने भन्दा पनि विद्यार्थीको जिज्ञासा मेटाउने खालको शिक्षक तयार गरिनुपर्नेमा उनले जोड दिइन् । यसका साथै शिक्षकले तालिम लिइसकेपछि लिएको तालिमको अपडेट कक्षाकोठामा भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने समेत उनले बताइन् ।

    तालिम पाठ्यक्रम स्वीकृतिसँगै प्रदेश शिक्षा तालिम केन्द्रमार्फत सघन रूपमा शिक्षकहरूका लागि तालिम सञ्चालन हुनेछ । तालिम सहजीकरणको लागि शिक्षा तालिम केन्द्रका प्रशिक्षक तथा रोस्टर प्रशिक्षकका लागि केन्द्रले पुस १६ गतेदेखि प्रशिक्षक प्रशिक्षण सञ्चालनको तयारी थालेको छ । 

    images
    बिहिवार, पौष ११ २०८१०६:५९:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार