Oct 02 2026 | २०८३, आश्विन १६ गते

विश्वविद्यालयका विद्यार्थीहरूबीच स्टिम सामाग्री निर्माण प्रतिस्पर्धाका लागि निवेदन माग

विश्वविद्यालयका विद्यार्थीहरूबीच स्टिम सामाग्री निर्माण प्रतिस्पर्धाका लागि निवेदन माग

  • 602
    SHARES

  • विश्वविद्यालयका विद्यार्थीहरूबीच स्टिम सामाग्री निर्माण प्रतिस्पर्धाका लागि निवेदन माग

    पुस, १६ गते काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीहरूबीच STEAM Materials निर्माण प्रतिस्पर्धाका लागि निवेदन माग गरेको छ।

    मन्त्रालयको आ.व.२०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम विश्वविद्यालय वा विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त क्याम्पस वा कलेज वा महाविद्यालयमा अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराई STEAM Materials निर्माण सम्बन्धी कार्य गराउने उद्देश्यले निवेदन माग गरेको हो।

    यस वर्षको प्रतिस्पर्धाको विषय विद्यालय तहको कक्षा ४-१० मा प्रयोग हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित (STEAM) सिकाइ सामग्री निर्माण रहेको छ। यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा विश्वविद्यालय वा विश्वविद्यालयको सम्बन्धन वा आङ्गिक क्याम्पस वा कलेज वा महाविद्यालयमा उच्च शिक्षाको तहमा अध्ययनरत विद्यार्थी वा विद्यार्थीको समूहबाट निवेदन माग गरिने, प्राप्त हुन आएका निवेदनबाट दोस्रो चरणका लागि समूह छनोट गरिने र विद्यार्थी समूहलाई आफ्नो सोच अनुसारको बस्तु निर्माण गर्न चार महिनाको समय दिइने मन्त्रालयले जारिगरेको सूचनामा उल्लेख छ।

    गत आर्थिक बर्षहरुमा सञ्चालित प्रतिस्पर्धा कार्यक्रममा समावेश भएका सामग्री पुनः सोही डिजाइनमा प्रस्तुत गर्न पाइने छैन। दोस्रो चरणका लागि छनोट भएको विद्यार्थी वा विद्याधाको समूहलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित (STEAM) विषयमा विश्वविद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ बमोजिम प्रति सामग्री अधिकतम नेपाली रुपियाँ पचास हजार सहयोग रकम प्रदान गरिने छ।

    प्रतिष्पर्धामा सहभागी हुन चाहनुहुने विद्यार्थीले यो सूचना प्रकाशित भएको मितिले १३ दिन भित्रमा कार्यालय समयभित्र आइपुग्ने गरी उक्त कार्यावधिको अनुसूची-२ को खण्ड (क) र (ख) बमोजिमको डाँचामा यस मन्त्रालयमा आइपुग्ने गरी वा सबै आवश्यक कागजात प्रमाणित गरेर स्क्यान गरी Innovation@moest.gov.np मा इमेल गरी निवेदन दिन सक्नेछन् ।

    बिस्तृत जानकारीको लागी मन्त्रालयको वेवसाइट www.moest.gov.np बाट हेर्न वा डाउनलोड गर्न सकिने छ।

    Screenshot_2024-12-31-07-04-10-11_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    मंगलवार, पौष १६ २०८१०७:१८:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार