Aug 13 2026 | २०८३, श्रावण २८ गते

उपत्यका सहित बिभिन्न जिल्लामा गरियो दरबन्दी मिलान !

उपत्यका सहित बिभिन्न जिल्लामा गरियो दरबन्दी मिलान !

  • 759
    SHARES

  • उपत्यका सहित बिभिन्न जिल्लामा गरियो दरबन्दी मिलान !

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दोस्रोपटक शिक्षक दरबन्दी स्थानान्तरण गरेको छ । केही महिनाअघि १८४ दरबन्दी स्थानान्तरण गरेको केन्द्रले दोस्रो चरणमा २७१ दरबन्दी स्थानान्तरण गरेको छ ।

    केन्द्रका निर्देशक बसन्त कोइरालाले आवश्यकताअनुसार शिक्षक दरबन्दी मिलान गर्ने कार्यलाई निरन्तरता दिइने बताए ।

    उपत्यकाभित्र काठमाडौँ महानगरपालिकाका ५२, कागेश्वरी मनहरा नगरपालिकाका १३, कीर्तिपुर नगरपालिकाका तीन र गोदावरी नगरपालिकाका १५ दरबन्दीलाई स्थानान्तरण गरिएको छ ।

    पछिल्लोपटक गरिएको दरबन्दी स्थानान्तरण कार्यमा अधिकाँश प्राथमिक तहका छन् भने केही निम्न माध्यमिक र माध्यमिक तहका पनि छन् । मनाङ र मुस्ताङका केही माध्यमिक र निम्न माध्यमिक तहका दरबन्दीलाई अन्यत्र सारिएको छ ।

    उनका अनुसार धादिङ, मकवानपुर, नुवाकोट, सिन्धुली, दोलखा, गोर्खा, उदयपुर, नवलपुरपूर्व, बाग्लुङ र जाजरकोटमा दोस्रो चरणको शिक्षक दरबन्दी थपिएको छ । तेह्रथुम, काठमाडौँ, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, कास्की, पर्वत र तनहुँबाट दरबन्दी कटौति भएको । - इडीयू पत्र 

    images
    सोमवार, फाल्गुण १७ २०७७०८:०६:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार