आइतवार, माघ १३ २०८१
माघ, १३ गते/ काठमाडौ। नागार्जुन नगरपालिका एक रानीवनस्थित नागार्जुन भ्याली एकेडेमीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO) प्राप्त गरेको छ। शनिवार एक समारोहबीच उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने ISO 21001 प्रमाणपत्रको चिन्ह हस्तान्तरण गरिएको हो।

समारोह नागार्जुन भ्याली एकेडेमी निजी शैक्षिक गुठी सञ्चालक समिति तथा बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष इन्जिनियर होमनाथ पोखरेलको सभापतित्वमा शिक्षा मन्त्रालयका सहसचिव कृष्ण प्रसाद काप्रीको प्रमुख अतिथि आतिथ्यतामा सम्पन्न भयो।

यस क्षेत्रको अब्बल विद्यालयका रुपमा नागार्जुन भ्याली एकेडेमीले अधिकांश मापदण्ड पूरा गरेको र बाँकी मापदण्ड केही समय भित्रै पूरा गर्ने प्रतिवद्धता गरेसंगै ISO 21001 लोगो हस्तान्तरण गरिएको बताइएको छ। उत्कृष्ट विद्यालयहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘ISO’ सर्टिफिकेट प्राप्त गर्ने नागार्जुन भ्याली एकेडेमी यस क्षेत्रकै पहिलो बनेको छ । आइएसओ २१००१ शैक्षिक संस्थाहरूका लागि अन्तर्राष्ट्रिय मानक हो, जसले शैक्षिक संस्थाहरूमा सिक्ने र सिकाउने माध्यमहरूका लागि मार्गनिर्देश गर्दछ ।

नागार्जुन भ्याली एकेडेमी निजी शैक्षिक गुठी सञ्चालक समिति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर होमनाथ पोखरेल र प्रधानाध्यापक उद्धब नारायण हुमागाँईलाई एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सीका एम.डि. शैलेन्द्र खरेलले ISO लोगो र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

ISO प्रमाणपत्र विद्यालयले पाएपछि प्रतिक्रीया दिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर होमनाथ पोखरेलले विद्यालयले अन्तरािष्ट्रय मान्यता प्राप्त गरेकाले यसको वधाईका पात्र शिक्षक, विद्यार्थी तथा अभिभावक सबै भएको बताउनुभयो । उहाँले सबैको सहयोग, सद्भाव र समन्वयवाट नै विद्यालय यहासम्म आएको भन्दै ISO प्रमाणपत्र प्राप्त गर्दा विद्यालय परीवार र शुभेच्छुक सबै खुसि भएको बताउनुभयो । विद्यालयले पाएको यो प्रमाणपत्रले शैक्षिक क्षेत्रको उन्नयनमा महत्वपुर्ण भुमिका खेल्ने र आउदा दिनमा सकारात्मक सल्लाह, सुझावको अपेक्षा गरेको बताउनुभयो ।

समारोहमा प्रमुख अतिथि तथा शिक्षा मन्त्रालयका सहसचिव कृष्ण प्रसाद काप्रीले ISO सर्टिफिकेट प्रात गरेकोमा नागार्जुन भ्याली एकेडेमीलाई बधाई ज्ञापन गर्नुभयो। साथै उहाँले सार्वजनिक शिक्षा राम्रो भएपछी मात्रै शिक्षामा सुधार हुने धारणा ब्यक्त गर्नुभयो। नागार्जुन भ्याली एकेडेमी निजि शैक्षिक गुठी द्वारा सञ्चालित नाफारहित संस्था भएकोले यसले अभिभावकहरुले ढुक्कसंग आफ्नो बालबालिका स्लुल पठाउन सुझाव दिनुभयो।

विद्यायका प्रधानाध्यापक उद्धब नारायण हुमागाँइले आइएसओ सर्टिफाइटसंगै विद्यालयमा आइपरेको दायित्वलाई सफलतापूर्वक साकार पार्न सबैका बीचमा सहकार्यको खाँचो रहेको बताउनुभयो।

प्राचार्य उद्धब नारायण हुमागाई ISO लोगो लिनकै लागि मात्रै नभई विद्यार्थीहरुलाई त्यो अनुरुपको गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो शिक्षामा परिवर्तन ल्याउनको लागि हामी प्रतिबद्ध छौ। प्राचार्य हुमागाँईले भन्नुभयो, नागार्जुन भ्यालिमा पढ्ने विद्यार्थी समाजमा फरक पाउनुहुनेछ। र ब्यक्तिगत रुपमा पनि विद्यार्थी अब्बल हुनेछन्। अभिभावकहरुलाई त्यसको रिजल्ट आउन केही समय लाग्छ बताउनुभयो। प्राचार्य हुमागाँईले हरेक हप्तामा शिक्षकलाई तालिम को ब्यबस्था गर्ने बताउनुभयो।
कार्यक्रम संचालन सह-प्राचार्य प्रभा अधिकारीले गर्नुभयो। उक्त समारोहमा करिब छ सय भन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको थियो।

समारोहमा विशिष्ट अतिथि शिक्षा विद् डा. धुर्व राज रेग्मी, रामेश्वर लामा, नागार्जुन नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण कुवर, नागार्जुन नगरपालिका बडा ०१ वडा अध्यक्ष रामेश्वर लामा , प्याब्सन नागार्जुनका अध्यक्ष बासुदेव घिमिरे, स्रोत ब्यक्ति कृष्ण रेग्मी, नागार्जुन भ्याली एकेडेमी निजी शैक्षिक गुठी सञ्चालक समिति उपाध्यक्ष श्री अर्जुन अधिकारी, सचिव भीम प्रसाद पोखरेल, कोषाध्यक्ष रामेश्वर शर्मा अर्याल, लगाएत शिक्षा विद्, स्थानिय भद्र भलाद्मिहरुको उपस्थिति रहेको थियो।
