Oct 03 2026 | २०८३, आश्विन १७ गते

संस्थागत विद्यालयका शिक्षकका लागि अध्यापन अनुमति पत्र लागु गरिने

संस्थागत विद्यालयका शिक्षकका लागि अध्यापन अनुमति पत्र लागु गरिने

  • 1.8K
    SHARES

  • संस्थागत विद्यालयका शिक्षकका लागि अध्यापन अनुमति पत्र लागु गरिने

    माघ, १६ गते/काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संस्थागत विद्यालयका शिक्षकका लागि अध्यापन अनुमति पत्र लागु गरिने बताएकी छन् । मन्त्रालयको आयोजनामा विषयगत समितिको बैठक तथा शिक्षा सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो बताएकि हुन्।

    बुधवार काठमाडौको लाजिम्पाटमा भएको अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका सामाजिक विकास मन्त्री, सचिव तथा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा संस्थागत विद्यालयहरूको नियमनका लागि पाठ्यक्रम र शुल्क प्रणालीलाई व्यवस्थित गरिने तथा शिक्षकका लागि अध्यापन अनुमति पत्र लागु गरिने जानकारी दिइन। त्यस्तै संस्थागत विद्यालयहरूको नियमनका लागि पाठ्यक्रम र शुल्क प्रणालीलाई व्यवस्थित गर्नुपर्नेमा जोड् दिएकी छन् ।

    कार्यक्रममा विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयन, स्थानीय शिक्षा योजना निर्माण, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, विपद् प्रभावित विद्यालयको पुनर्निर्माण, माध्यमिक शिक्षा परीक्षा (एसईई) सुधार, सामुदायिक तथा संस्थागत विद्यालयको नियमन र व्यवस्थापन तथा शिक्षक तलब भुक्तानीका विषयमा छलफल भएको थियो ।

    छलफलका क्रममा विभिन्न प्रतिनिधिहरूले बाढीबाट प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्ने, भूकम्प प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा शीघ्र पहल गर्नुपर्ने बताएका थिए । यसैगरी शिक्षाको गुणस्तर सुधार गर्दै विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने, पाठ्यक्रमलाई समयानुकूल बनाउनुपर्ने र अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनका लागि तीन तहका सरकारले मिलेर काम गर्नुपर्ने सहभागीहरूले धारणा राखे।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार