Oct 02 2026 | २०८३, आश्विन १६ गते

श्री नवीन ज्योति स्कुलको एकल तथा अन्तर-सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न

श्री नवीन ज्योति स्कुलको एकल तथा अन्तर-सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न

  • 968
    SHARES

  • श्री नवीन ज्योति स्कुलको एकल तथा अन्तर-सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न

    माघ, २२ गते/ काठमाडौ। नागार्जुन नगरपालिका, ८ भिमढुङ्गास्थित श्री नवीन ज्योति स्कुलद्वारा आयोजित एकल तथा अन्तर-सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। यस वर्षको सरस्वती पूजाको अवसरमा विद्यालयमा आयोजित एकल तथा अन्तर-सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको हो।

    FB_IMG_1738646371210.jpg

    सरस्वती पुजाको अवसरमा आयोजित धार्मिक र सांस्कृतिक कार्यक्रममा शिक्षक, विद्यार्थी, र अभिभावकहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्दै ज्ञान र शिक्षा प्राप्तिका लागि आशीर्वाद लिएका थिए ।

    FB_IMG_1738671924326.jpg

    सरस्वती पुजाको विशेष आकर्षण भने नयाँ भर्ना भएका बालबालिकाहरूको अक्षरारम्भ कार्यक्रम थियो, जसमा विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा आरम्भ गरेका छन्। यसले विद्यार्थीहरूमा शिक्षा र संस्कृतिको महत्त्वको बारेमा सकारात्मक सन्देश पुर्याउने कार्य गरेको छ।

    FB_IMG_1738646345918.jpg

    विद्यालयका  प्रधानाध्यापक सुरेश महतोको अध्यक्षतामा सम्पन्न भयो भने विद्यालय सह प्राधानाध्यापक सुवास पुरी, स्कुल कोर्डिनेटर राजेश खनाल लगाएत शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। प्रतियोगितामा टीका सिन्जाली मगर र इशान श्रेष्ठ नृत्य निर्णायकको रुपमा रहनुभएको थियो।

    FB_IMG_1738672150179.jpg

    सरस्वती पूजाको अवसर पारी विद्यालयले विद्यालयले एकल तथा अन्तर-सदनात्मक नृत्य प्रतियोगिता आयोजना गरेको थियो।

    FB_IMG_1738646332690.jpg

    कक्षा १ देखि ५ सम्मका भाइबहिनीहरुको एकल नृत्य प्रतियोगितामा प्रथम रोजा खनाल (कक्षा : ४), द्वित्तीय रिस्ता भुजेल (कक्षा: ५) तृत्तीय आरोही पुरी (कक्षा: ३) र चौथो दृष्टी भट्टराई (कक्षा: ३) भएकी छिन्। त्यस्तै कक्षा ६ देखि ७ सम्मका भाइबहिनीहरूको एकल नृत्य प्रतियोगितामा प्रथम सिजुका छन्त्याल (कक्षा: ८), द्वित्तीय श्रेज्ञा गौतम (कक्षा: ६), तृत्तीय रश्मी भुजेल (कक्षा: ६) र चौथो  रसु गिरी (कक्षा: ६) भएकी छिन।

    FB_IMG_1738672118324.jpg

    त्यसैगरी सिनियर लेभलको अन्तर- सदनात्मक नृत्य प्रतियोगिता प्रथम रातो सदनका विद्यार्थी भाइबहिनीहरु द्वित्तीय हरियो सदन र तृत्तीय पहेंलो सदनका बहिनीहरु भएका थिए। एकल तथा अन्तर - सदनात्मक नृत्य प्रतियोगिताको पुरस्कार वितरण भने आगामी बार्षिक उत्सव कार्यक्रममा वितरण गर्ने प्राचार्य सुरेश महतोले बताउनुभयो।

    FB_IMG_1738672120725.jpgFB_IMG_1738646395233.jpg

    images
    मंगलवार, माघ २२ २०८१०६:०९:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार