Oct 03 2026 | २०८३, आश्विन १७ गते

नागार्जुन भ्याली एकेडेमीले मनायो २२औं अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम

नागार्जुन भ्याली एकेडेमीले मनायो २२औं अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम

  • 827
    SHARES

  • नागार्जुन भ्याली एकेडेमीले मनायो २२औं अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम

    माघ, २७ गते काठमाडौ। नागार्जुन नगरपालिका १ रानीबनस्थित निजि शैक्षिक गुठीद्वारा संचालित नागार्जुन भ्याली एकेडेमीले २२औं अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम भब्य रुपमा मनाएको छ। शनिवार नागार्जुन भ्याली एकेडेमीका संचालन समितिका अध्यक्ष इन्जिनियर होमनाथ पोखरेलको सभापतित्व तथा त्रिभुवन विश्वविद्यालय पुर्व उपकुलपति प्रा.डा. तिर्थराज खनियाँको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भयो।

    IMG_1266~2.JPG

    २२औं अभिभावक दिवसका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर होमनाथ पोखरेलले विद्यालय सबैको सहयोग, सद्भाव र समन्वयवाट यहाँसम्म आएको भन्दै सम्पुर्ण अभिभावक तथा शुभेच्छुकहरुलाई धन्यवाद बधाई ज्ञापन गर्नुभयो। विद्यालयले शैक्षिक क्षेत्रको उन्नयनमा महत्वपुर्ण भुमिका खेल्ने र आउदा दिनमा सकारात्मक सल्लाह, सुझावको अपेक्षा गरेको बताउनुभयो ।

    IMG_1254~2.JPG

    कार्यक्रममा प्रमुख अतिथी तथा त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. तिर्थराज खनियाँले नागार्जुन भ्याली एकेडेमी निजि शैक्षिक गुठी द्वारा सञ्चालित नाफारहित संस्था भएकोले अभिभावकहरुले ढुक्कसंग आफ्नो बालबालिका स्लुल पठाउन सुझाव दिनुभयो। उहाँले विद्यालयले गरेको प्रगतिको मुक्त कण्ठले प्रशंसा समेत गर्नुभयो। साथै कक्षा १२ पढिसकेपछी विद्यार्थीहरु बिदेश जान रोक्ने खालको शिक्षा अबलम्बन गर्न सबैले झकझक्याउनुपर्ने पुर्व उपकुलपति खनियाँले बताउनुभयो ।

    IMG_1178~2.JPG

    बिशेष अतिथि तथा नागार्जुन नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामेश्वर लामाले बालबालिकाहरुको शैक्षिक स्तर उकास्न शिक्षक, विद्यार्थी र अभिभावक बिचको सम्वन्ध सुमधुर हुनुपर्ने बताउनुभयो । वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्वोधन गर्दै वडा अध्यक्ष लामाले अभिभावकले समय समयमा विद्यालयमा निरिक्षण गरि वस्तुस्थितीको बारेमा जानकार हुनुपर्ने उल्लेख गर्नुभयो । वडा अध्यक्ष लामाले भन्नुभयो "त्रिपक्षिय सम्वन्ध राम्रो भएमा मात्रै सरकारले शिक्षामा गरेको लगानीले सहि प्रतिफल दिन्छ र शैक्षिक गुणस्तर अभिवृद्विमा टेवा पुर्याउँदछ" ।

    IMG_1230~2.JPG

    कार्यक्रममा नागार्जुन भ्याली एकेडेमीका प्राचार्य उद्धव नारायण हुमागाँईले बालबालिकाहरुको उमेर, रुचि, चाहना, क्षमता, पृष्ठभूमि आदि सम्पूर्ण पक्षहरुलाई ध्यानमा राखि सिक्ने सिकाउने वातावरण तयार गरेको बताउनुभयो। उहाँले बालबालिकाको सर्बाङ्गिण बिकासमा बिशेष ध्यान दिएको भन्दै बालबालिकाको ब्याक्तित्व बिकासको लागि बालकेन्द्रित शिक्षण सिकाई, बालमैत्री भौतिक संरचना, (कक्षाकोठा, बेन्च,) र त्यो अनुरुप शिक्षकहरुको ब्यबस्थापन गरेको बताउनुभयो।

    FB_IMG_1739063264544~3.jpg

    प्राचार्य हुमागाँइले ISO लोगो लिनकै लागि मात्रै नभई विद्यार्थीहरुलाई त्यो अनुरुपको गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षामा परिवर्तन ल्याउनको लागि हामी प्रतिबद्ध छौ; प्राचार्य हुमागाँईले भन्नुभयो, 'त्यसको रिजल्ट आउन केही समय लाग्छ।' प्राचार्य हुमागाँईले हरेक हप्तामा शिक्षकलाई तालिमको ब्यबस्था गर्ने समेत बताउनुभयो।

    IMG_1135.JPG

    २२औं अभिभावक दिवस कार्यक्रममा नागार्जुन  नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण बहादुर कुँवर, नागार्जुन नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामेश्वर लामा, नागार्जुन भ्याली एकेडेमीका शैक्षिक गुठी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन अधिकारी, सचिव भीम प्रसाद पोखरेल, कोषाध्यक्ष रामेश्वर शर्मा अर्याल, एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सीका एम.डि. शैलेन्द्र खरेल, शैक्षिक गुठी सञ्चालक समितिका सदस्यहरु- गोबिन्द राज पोखरेल, डा. राजु लौडारी, श्री कपिलमणि ज्ञवाली,  सुरेश बाबु अम्गाई, लक्ष्मण बाबु ढकाल, रामजी अधिकारी, सरला भट्टराई लगाएत स्थानिय भद्र भलाद्मी, शैक्षिक ब्यक्तिहरु तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

    IMG_1192.JPG

    उक्त कार्यक्रममा पुर्व अध्यक्ष गणेश प्रसाद चिलुवालले स्वागत मन्तव्य दिनुभयो भने कार्यक्रम संचालन बिद्यालय सह-प्राचार्य प्रभा अधिकारीले गर्नुभयो।

    IMG_1170~2.JPG

    अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले नेपाली भिन्नभिन्न समुदायको संस्कृति संग मेलखाने गित तथा नृत्यहरु प्रस्तुत गरेका थिए।

    IMG_1211.JPG

    यस क्षेत्रको अब्बल विद्यालयका रुपमा नागार्जुन भ्याली एकेडेमीले हाल करिब ६ सय भन्दा बढी विद्यार्थीहरु रहेका छन भने हाल विद्यार्थीहरुको संख्या बढ्दो क्रममा रहेको छ। यसअघि विद्यालयले  उत्कृष्ट विद्यालयहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘ISO’ सर्टिफिकेट समेत प्राप्त गरिसकेको छ । ISO प्रमाणपत्र प्राप्त गर्ने नागार्जुन भ्याली एकेडेमी यस क्षेत्रकै पहिलो विद्यालय समेत हो।

    IMG_1097.JPGIMG_1105.JPGIMG_1132.JPGIMG_1091.JPGIMG_1201.JPGIMG_1275.JPGIMG_1286.JPG

    images
    आइतवार, माघ २७ २०८१०६:४०:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार