Aug 13 2026 | २०८३, श्रावण २८ गते

कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा। (कोशी प्रदेश)

कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा। (कोशी प्रदेश)

  • 924
    SHARES

  • कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा। (कोशी प्रदेश)

    फागुन, ३ गते/ काठमाडौ ।  शिक्षक सेवा आयोगले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षकहरुको बढुवा गरेको छ। आयोगको बढुवा सिफारिस समितिको सचिवालय कोशी प्रदेश धनकुटाले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावली प्रकाशित गरेको हो।

    आयोगको मिति २०८१ भदौ २३ गते (दोस्रो संशोधनसहित) प्रकाशित कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिने (७५ प्रतिशत) शिक्षक बढुवाको शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, कोशी प्रदेश, धनकुटाको निर्णयानुसार बढुवाको लागि निवेदन दिएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली प्रकाशित गरेको जनाएको छ।

    बढुवा सिफारिस सम्बन्धी विस्तृत विवरण शिक्षा तथा सामाजिक विकास निर्देशनालय, कोशी प्रदेशको वेबसाइट www.ered.gov.np र शिक्षक सेवा आयोगको वेबसाइट  https://tsc.gov.np बाट हेर्न सकिने छ।

    आयोगले विभिन्न मितिको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने जिल्ला, अंक, श्रेणी र बिज्ञापन अनुसार उम्मेदवारको नामावली प्रकाशित गरिएको जनाइएको छ। साथै प्रदेश समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन दिनभित्र तोकिएको शुल्क बुझाई निर्देशनालयमा उजुरी दिन सकिने जनाएको छ ।

    FB_IMG_1739584008434.jpgFB_IMG_1739584010000.jpgFB_IMG_1739584011457.jpg

    images
    शनिवार, फाल्गुण ३ २०८१०७:४१:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार