Aug 13 2026 | २०८३, श्रावण २८ गते

ईसीडी शिक्षकलाई स्थायी गर्न विज्ञको सुझाव

ईसीडी शिक्षकलाई स्थायी गर्न विज्ञको सुझाव

  • 661
    SHARES

  • ईसीडी शिक्षकलाई स्थायी गर्न विज्ञको सुझाव

    काठमाडौ। प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)लाई स्थायी गर्न सरोकारवाला बिज्ञहरुले सुझाव दिएका छन्। विद्यालय शिक्षा विधेयक–२०८० र ईसीडी शिक्षाको विषयमा शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा ईसीडी शिक्षकलाई स्थायी बनाउनुपर्ने सुझाव दिइएका हुन्।

    प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, शिक्षा समितिका सदस्य दीपा शर्मा, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी घर्ती मगर, रामप्रकाश चौधरी, राजन दाहाल उपस्थित अन्तर्क्रियामा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट बालकक्षाका शिक्षकलाई स्थायित्वको प्रक्रियामा लैजानुपर्ने र बालकक्षा शिक्षालाई विद्यालय संरचनाभित्र ल्याई यसलाई आधारभूत तहमा समेटिनु पर्ने र ‘शिक्षक’ शब्दले सम्बोधन गरिनुपर्ने धारणा राखे।

    अध्यक्ष सुवेदीले बालकक्षा शिक्षकको लागि दरबन्दी व्यवस्था गरी सेवा सुविधा प्राथमिक तहका शिक्षक बराबर हुनुपर्ने, बालविकासदेखि कक्षा ३ सम्म कक्षागत र कक्षा ४ पछि विषयगत अध्यापनका लागि सोही अनुसार शिक्षक व्यवस्थापन हुनुपर्ने र विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीका सबै मागमुद्दा सम्बोधन हुने गरी हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गरिनुपर्नेमा समितिको ध्यानाकर्षण गराए।

    images
    सोमवार, फाल्गुण ५ २०८११०:२१:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार