Oct 03 2026 | २०८३, आश्विन १७ गते

कार्किगाउँ माध्यमिक (प्राबिधिक) बिद्यालयको ६४औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

कार्किगाउँ माध्यमिक (प्राबिधिक) बिद्यालयको ६४औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

  • 612
    SHARES

  • कार्किगाउँ माध्यमिक (प्राबिधिक) बिद्यालयको ६४औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

    फागुन, ६ गते धादिङ। जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री कार्किगाउँ माध्यमिक (प्राबिधिक ) बिद्यालयले स्थापनाको ६४औ वार्षिकोत्सब तथा १२औ अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ। सोमबार एक भब्य कार्यक्रमका बिच व्यवस्थापन समितिका अध्यक्ष कपिल देब सिम्खडाको अध्यक्षतामा र संविधान सभा सदस्य माननीय पुस्प बिक्रम मल्लको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    Messenger_creation_232FEBF3-8087-450F-9C6B-00BBE7DE763D~2.jpeg

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी मल्ल ले विद्यालयले गरेको राम्रो प्रगतिको प्रशंसा गर्नुभयो। उहाँले सामुदायिक विद्यालय मध्य यस क्षेत्रकै उत्कृष्ट कार्किगाउँ माबीले लाखौं बिद्यार्थीहरुको उज्जवल भबिष्यकालागि बिभिन्न बिधामा अध्यापन गराएर आफ्नो मात्र पहिचान नबनाएर पालिकालाई नै पहिचान गराउने शैक्षिक कार्य गरेकोमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

    Messenger_creation_DCE693DF-F88A-45DA-8E6F-61E78A0823C5.jpeg

    साथै बालबालिकाको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक भौतिक र नैतिक जस्ता सर्वाङगिण बिकासको लागि दत्तचित्त भएर लाग्न बिद्यालय परिवारलाई सुझाव दिनुभयो। उहाँले आफुले यो विद्यालयको समग्र बिकासमा योगदान दिने समेत बताउनुभयो।

    Messenger_creation_43565B26-63D0-4EDC-A12D-C53C8937ECC2.jpeg

    मल्लले बिद्यार्थिहरुलाई घोकन्ते र रटन्ते शिक्षाबाट टाढा राख्दै व्यवहारिक, अनुशासित ,कर्मविर , मेहेनति र क्षमतावान नागरिक बनाउन कार्किगाउ माबी स्कुलले गरेको लक्ष्य र उदेश्यमा आफू सधै विद्यालय परिवारलाई सघाउन लागिपर्ने बताउनुभयो। उहाँले कार्यक्रममा उपस्थित भाईबहिनी अभिभावक र शिक्षक शिक्षिकाहरुलाई उनिहरुले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्न र उनिहरुलाई हौसला प्रदान गर्न आग्रह समेत गर्नुभयो ।

    Messenger_creation_FF153DB7-D4EA-4EDF-BAF2-7685D078C53B.jpeg

    कार्यक्रममा बिशिस्ट अतिथी जिल्ला समन्वय समितिका अध्यक्ष नबराज अधिकारि , त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देबराज धरेल, गाउपालिकाका पुर्ब अध्यक्ष सम्भु थापा , शिक्षा बिकास तथा समन्व इकाइ प्रमुख भुमिलाल सुवेदी र गा. पा . का सम्पुर्ण जनप्रतिनिधिहरु, बिधालयका प्रअ लगायतले बिधालयको उतरोत्तर प्रगतिको कामना गर्दै यस विद्यालयको समग्र बिकासमा आफुहरु सधै तत्पर रहने प्रतिबद्धता समेत जनाएका छन्।

    Messenger_creation_BF1F3F63-EA8F-4ECD-BE5F-17492DD14644.jpeg

    कार्यक्रममा विद्यालयका प्रधानअध्यापक अर्जुन बहादुर नगरकोटीले बार्षिक प्रतिबेदन समेत प्रस्तुत गरेका थिए । प्रअ नगरकोटिले सबैको साथ सहयोग र हौसलाले आज कार्किगाउ माबी यस क्षेत्रको शैक्षिक गतिविधिमा मात्र नभएर अन्य गतिविधिमा नि उत्कृष्ट हुन सफल भएको बताउनुभयो। साथै आगामी दिनहरुमा अझै यस विद्यालयलाई सर्वोत्कृष्ट बनाउन स्थानीय निकाय सरोकारवाला शिक्षक शिक्षिका, बिद्यार्थि र अभिभावकहरुको साथ र सहयोगको अझ बढी आवस्यक रहेको बताउदै सहयोगको लागि आग्रह समेत गर्नुभयो।

    Messenger_creation_6D18270E-DD1B-426F-A2E7-0BC513D0ED1F.jpeg

    प्र.अ. नगरकोटिले बिद्यालयमा रहेका गरिब, जेहेन्दार र असहाय बिद्यार्थिको लागि अक्षकोषको स्थापना गर्नुभएको छ । अहिले सम्म करिब १२ लाख जम्मा भैसकेको र अझै जम्मा हुने क्रम निरन्तर चलिरहेको जानकारी गराउनु भयको छ।

    Messenger_creation_B1CA8AFC-C131-4106-A533-0083CFC80AC6.jpeg

    बार्षिक उत्सव कार्यक्रममा उत्कृष्ट शिक्षक बिनोद श्रेष्ठ , कविता सिम्खाडा, हरि प्रासाद जोशी, गणेश खर्ती, जानुका तिमल्सिना ,मदन देबकोटा, केशब बहादुर नेगि र स्वस्तिका राउतलाई सम्मान गरिएको छ। साथै बिद्यालयको अक्षय कोषमा सहयोग गर्ने ब्यक्तिहरुलाई समेत सम्मान गरेको छ। कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गर्नुका साथै राष्ट्रिय कलाकार तथा इ नेपाल रोधि घरका संयोजक बाल कुमार श्रेष्ठ, रेजिना परियार, नबराज कार्पी लगायतको टिमले भब्य प्रस्तुती गरेका थिए।

    Messenger_creation_2CAB5E67-DC73-4B4B-8E0D-A622E913C029.jpegMessenger_creation_58DFAE81-0547-49E8-85D3-A878E891FD82.jpegMessenger_creation_3B01C569-D28B-4DF1-BFCA-B955314ED50A.jpegMessenger_creation_FC28DC9D-E30B-4FE1-8DDD-FA29EFB53E54.jpegMessenger_creation_FCEBFD2B-3394-41EA-8250-4D3F63BDA9AB.jpeg

    Messenger_creation_3C59D268-3124-4CC5-AABA-0C20246C267D.jpegMessenger_creation_A830BAB8-8483-462F-855A-C548EAA2B97D.jpegMessenger_creation_E6DF4BCE-88E9-4766-8ED6-34ED0D64986F.jpegMessenger_creation_9EF4425E-C790-4CCE-8DFE-319822425002.jpegMessenger_creation_8B7F10DB-B4C8-4F40-BB93-147D3E976E8E.jpegMessenger_creation_0E662204-43FC-44EA-A4D8-7AE1BE3882F7.jpegMessenger_creation_0E662204-43FC-44EA-A4D8-7AE1BE3882F7.jpeg

     

    images
    मंगलवार, फाल्गुण ६ २०८१०८:२९:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार