Aug 13 2026 | २०८३, श्रावण २८ गते

दोस्रो एलआरआई क्रीकेट प्रिमियर लिग शुरु

दोस्रो एलआरआई क्रीकेट प्रिमियर लिग शुरु

  • 436
    SHARES

  • दोस्रो एलआरआई क्रीकेट प्रिमियर लिग शुरु

    काठमाडौ/ ७,फागुन। काठमाडौ महानगर १४ कलंकिस्थित एलआरआई स्कुलद्वारा आयोजित दोस्रो एलआरआई क्रीकेट प्रिमियर लिग शुरु भएको छ। मंगलवार स्कुल परिसरमा भएको स्टेडियममा दोस्रो एलआरआई प्रिमियर क्रीकेट लिग उद्घाटन गरिएको हो।

    IMG_2501~2.JPG

    क्रीकेट लिगमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी रहनेछन भने लिगमा ६ वटा टिम सहभागी छन्। विद्यालयका प्रमुख प्रशासकीय /सूचना अधिकृत दिपक जोशीका अनुसार वर्तमान समयमा युवाहरू क्रीकेट प्रती विद्यार्थीहरुको मोह र व्यावसायिकतालाई ध्यानमा राख्दै क्रीकेट लिग आयोजना गरेको बताउनुभयो ।

    FB_IMG_1739933655560.jpg

    दोस्रो एलआरआई क्रीकेट प्रिमियर लिगको उद्घाटन समारोहमा बोल्दै प्राचार्य बादल प्रधानले विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासको लागि खेलकुद आवस्यक रहेको बताउनुभयो । साथै खेलकुदले देहको विकासमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो।

    IMG_2490~2.JPG

    नेपालकै प्रतिष्ठित शैक्षिक संस्था एलआरआईले पढाई संगसंगै खेलकुद क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको छ। विद्यार्थीहरुको शारीरिक तथा संबेगात्मक विकासकोलागि एलआरआईले किताब मात्रै नभई किताबभन्दा बाहिरको सिकाइलाई पनि महत्व दिने गरेको छ।

    IMG_2475.JPG

    images
    बुधवार, फाल्गुण ७ २०८१०८:३४:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार