Aug 13 2026 | २०८३, श्रावण २८ गते

काठमाडौं महानगरद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया

काठमाडौं महानगरद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया

  • 561
    SHARES

  • काठमाडौं महानगरद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया

    फागुन, १० गते। काठमाडौं महानगरपालिकाको आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक सुधारका पहल र आगामी कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। शुक्रवार काभ्रेको पनौतिस्थित डाइमन्ड रिसोर्टमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

    FB_IMG_1740187738321.jpg

    अन्तरक्रियामा सामुदायिक विद्यालयहरूले हालसम्म गरेका शैक्षिक सुधारका गतिविधिहरूको समीक्षा गरिनुका साथै भविष्यमा अझ प्रभावकारी रणनीति अपनाउने विषयमा गहन छलफल भएको जनाइएको छ। प्रधानाध्यापकहरूले आ-आफ्ना अनुभवहरू साझा गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि सहकार्य र नवीन पहलहरू आवश्यक रहेको उल्लेख गरे।

    FB_IMG_1740187742542.jpg

    काअन्तरक्रियामा सहभागीहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधारलाई दिगो बनाउन नीति निर्माण, स्रोत व्यवस्थापन, प्रविधिको उपयोग, र विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उपायहरूमाथि विमर्श गरे।

    काठमाडौं महानगरपालिकाले आगामी दिनहरूमा सामुदायिक विद्यालयहरूलाई थप सबलीकरण गर्दै गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अन्तरक्रिया कार्यक्रम आज सम्पन्न हुने जानकारी दिएको छ। 

    FB_IMG_1740187745938.jpg

    images
    शनिवार, फाल्गुण १० २०८१०७:१३:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार