Oct 03 2026 | २०८३, आश्विन १७ गते

कीर्तिपुर प्याब्सनद्वारा नगर स्तरीय अन्तर-स्कुल वक्तृत्व प्रतियोगिता सम्पन्न

कीर्तिपुर प्याब्सनद्वारा नगर स्तरीय अन्तर-स्कुल वक्तृत्व प्रतियोगिता सम्पन्न

  • 620
    SHARES

  • कीर्तिपुर प्याब्सनद्वारा नगर स्तरीय अन्तर-स्कुल वक्तृत्व प्रतियोगिता सम्पन्न

    काठमाडौ। कीर्तिपुर प्याब्सनद्वारा नगर स्तरीय अन्तर-स्कुल वक्तृत्व प्रतियोगिता सम्पन्न गरेको छ । आइतवार कीर्तिपुरको ल्याब स्कुलमा एक कार्यक्रमका बिच अन्तर-स्कुल वक्तृत्व प्रतियोगिता (Municipal Level Inter-School Elocution Competition -2081) सम्पन्न गरेको हो ।

    IMG-20250223-WA0009.jpg

    वक्तृत्व प्रतियोगितामा विद्यार्थीहरुको लागि तीन वटा शिर्षक दिइएको थियो।

    शिर्षकहरु :

    1. Use and Misuse of AI Technology

    2. A Boon or Bane for Students?

    3. Social Media: Connecting or Isolating Us?

    उक्त प्रतियोगितामा नगर प्यब्सनका सदस्य विद्यालयका २३ जना विद्यार्थीहरूको सहभागी रहेका थियो। जसमध्ये पुष्पसदन बोर्डिङ स्कुलका शशान्त पाण्डे प्रथम, ग्रीन भिलेज एजुकेसन फाउन्डेसनका दीक्षा अधिकारी द्वितीय र एसियाली तारापुञ्ज माद्यामिक विद्यालयका रोशनी वाईवाले तृतीय स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा बिजेता विद्यार्थीहरूलाई ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG-20250223-WA0022.jpg

    प्याब्सन कीर्तिपुर नगर समितिका अध्यक्ष तथा ग्रीन भिलेज एजुकेसन फाउन्डेसनका संस्थापक प्रिन्सिपल रवि भण्डारीको सभापतित्वमा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा उप सचिव टंक लाल गैरेको उपस्थितिमा सम्पन्न भयो।

    IMG-20250223-WA0021.jpg

    प्रतियोगितामा  बिशेष अतिथी प्याब्सन काठमाडौंका नव निर्वाचित सचिव कृष्ण भण्डारी, कीर्तिपुर नगर प्याब्सनका सल्लाहकार तथा प्याब्सन केन्द्रका प्राज्ञिक सदस्य डा. लाक्पा शेर्पा, लगाएत अतिथिहरू न्यु होराइजनका प्रिन्सिपल तथा कोषाध्यक्ष बुद्द महर्जन , लोक आदर्शका प्रिन्सिपल तथा कार्य समितिका सदस्य संजय मणी सोती, सदस्य विद्यालयहरू प्रिन्सिपलहरू, पुष्प सदनका स्कुलका आर. डि राई, कश्यप एकेडेमीका आर बि अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

    IMG-20250223-WA0016.jpg

    उक्त प्रतियोगितामा प्रमुख निर्णायकको भुमिकामा त्रिभुवन विश्वविद्यालयका  सहायक प्रोफेसर डा. हिरा लाल सुबेदि  र निर्णायकको भुमिकामा विश्वविद्यालयकै सहायक प्रोफेसर  कृष्ण कुमार खत्री रहनु भएको थियो ।

    IMG-20250223-WA0018.jpgIMG-20250223-WA0023.jpgIMG-20250223-WA0019.jpg

    images
    सोमवार, फाल्गुण १२ २०८१०३:०१:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार