Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षक आन्दोलन: महासंघको नेतृत्वमा आज प्रदेश राजधानी घेर्ने

शिक्षक आन्दोलन: महासंघको नेतृत्वमा आज प्रदेश राजधानी घेर्ने

  • 941
    SHARES

  • शिक्षक आन्दोलन: महासंघको नेतृत्वमा आज प्रदेश राजधानी घेर्ने

    फागुन, १५ ग्स्ते काठमाडौ। नेपाल शिक्षक महासङ्घको घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत आज प्रदेश राजधानी घेर्ने भएका छन् । विगतमा शिक्षकसंग भएका सहमति सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै प्रदेश राजधानी घेर्ने भएका हुन् ।

    नेपाल शिक्षक महासङ्घले घोषणा गरेको पहिलो चरणको आन्दोलन फागुन २४ गतेसम्म हुने छ । यसअघि महासङ्घले पहिलो चरणको आन्दोलन माघ २० गतेदेखि सुरु गरेको थियो। त्यसपछि दोस्रो चरणको आन्दोलन सङ्घीय राजधानी केन्द्रीत असहयोगात्मक, विरोधात्मक सडक आन्दोलन गर्ने जनाएको छ ।

    महासंघले आन्दोलनमा सहभागी हुन देशैभरका शिक्षक, विद्यालय कर्मचारीहरूलाई अपिल समेत गरेको छ । पटक पटक आन्दोलन भई सरकारसँग महत्वपूर्ण सहमतिहरू भए पनि ती सबै सहमतिलाई कार्यान्वयनका लागि एक पटक फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको महासङ्घको भनाई छ ।

    महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत स्थानीय तह, जिल्ला, प्रदेशमा क्रमशः ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउँदै आएको छ । आन्दोलन विद्यालय शिक्षा जारी नभएसम्म नरोकिने महासङ्घका महासंघले जानकारी दिएको छ।

    images
    बिहिवार, फाल्गुण १५ २०८१०८:०५:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार