Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेरिक एकेडेमीको अभिभावक दिवस बिबिध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

नेरिक एकेडेमीको अभिभावक दिवस बिबिध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

  • 939
    SHARES

  • नेरिक एकेडेमीको अभिभावक दिवस बिबिध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

    फगुन, १८ । काठमाडौँ महानगरपालिकाको बानेश्वर शंखमुलस्थित नेरीक एकेडेमीको २०औं अभिभावक दिवस सम्पन्न भएको छ। शनिवार विद्यालय परिसरमा आयोजित बिबिध साँस्कृतिक कार्यक्रम सहित नेपालको राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) प्रमुख आतिथ्यमा तथा अभिभावक, विद्यार्थी र स्थानिय शैक्षिक ब्यक्तित्वहरुको सहभागीमा अभिभावक दिवस सम्पन्न भएको हो।

    Screenshot_2025-03-02-14-00-26-26_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    कार्यक्रममा प्रमुख अतिथि प्रदीपकुमार राई (व्याकुल माइला) ले विद्यालयका विद्यार्थी र अभिभावकहरूलाई आ-आफ्नो कर्तव्य र जिम्मेवारीमा ध्यान दिनको लागि प्रेरित गर्दै शैक्षिक क्षेत्रमा अझ उत्कृष्टता प्राप्त गर्ने पथमा अग्रसर रहन आग्रह गर्नुभयो।

    कार्यक्रममा नेरीक एकेडेमीका निर्देशक डा. मन खत्रीले २०औं अभिभावक दिवसको अवसरमा विद्यालयका अभिभावक र विद्यार्थीहरूलाई शुभकामना दिँदै विद्यालयको शैक्षिक र सांस्कृतिक गतिविधिहरूको महत्त्वलाई उजागर गर्नुभयो।

    IMG-20250302-WA0020.jpg

    निर्देशक खत्रीले अभिभावक दिवस विद्यालयको लागी विशेष दिन भएकोले विद्यार्थीहरुले बर्षभरी गरेका र सिकेका क्रियाकलापहरु प्रस्तुत गर्ने र अभिभावकहरुले आफ्नो बालबालिकाले सिकेको कुराहरुलाई प्रतक्ष अवलोकन गर्ने दिन भएकोले यसले विद्यार्थी, अभिभावक र विद्यालयबिच सुमधुर सम्बन्ध बिकास गर्ने बताउनुभयो।

    किताबी ज्ञाम मात्रै विद्यार्थीको सफलता र समृद्धिको आधार नभई उनीहरूले सिकेको सांस्कृतिक र सामाजिक मूल्यहरूले सशक्त समाज निर्माणमा पनि योगदान पुर्याउने बताउनुभयो। विद्यार्थीहरुले प्रस्तुत गरेका बिभिन्न सांस्कृतिक कार्यक्रमहरूले हाम्रो परम्परालाई जोगाउनुका साथै नयाँ पुस्तासम्म पुर्याउन मद्दत पुर्याउने काम गर्ने उहाँको भनाइ थियो। साथै उक्त कार्यक्रममाका अवसरमा, सबैलाई एकजुट भएर विद्यालयको शैक्षिक उन्नतिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    IMG-20250302-WA0006.jpg

    निर्देशक खत्रीले भन्नुभयो, “हामी हाम्रो विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिन्छौं र भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गरेर विद्यालयलाई अझ उत्कृष्ट बनाउन प्रतिबद्ध छौं।” डा. खत्रीको भनाइले विद्यालयको शैक्षिक र सांस्कृतिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्य व्यक्त गर्यो र अभिभावक र विद्यार्थीहरूको बीचमा सामूहिक उत्तरदायित्वको भावना जगाएको बिश्वास गरिएको छ।

    IMG-20250302-WA0006.jpg

    उक्त कार्यक्रममा नेरीक एकेडेमीका प्रिन्सिपल मिलन केसीले २०औं अभिभावक दिवसको अवसरमा उपस्थित अभिभावक र विद्यार्थीहरूलाई सम्बोधन गर्दै २०औं अभिभावक दिवस विद्यालयको इतिहासमा एक महत्वपूर्ण माइलस्टोन को रुपमा स्थापित हुने बताउनुभयो। प्रिन्सिपल केसिले भन्नुभयो,''अभिभावक दिवसले हामीलाई अभिभावक र विद्यालयको बीचमा अझै प्रगाढ सम्बन्ध स्थापना गर्न मद्दत पुर्याउँछ। विद्यालयको उद्देश्य केवल शिक्षा प्रदान गर्नु मात्रै होइन, हाम्रो विद्यार्थीहरूको सम्पूर्ण व्यक्तित्वको विकास र संस्कारमा पनि योगदान पुर्याउनु हो।” उहाँले थप्नुभयो, “हामीलाई थाहा छ कि शिक्षा एकल प्रयास होइन, यो एक साझेदारी हो। विद्यालय र अभिभावकहरूको संयुक्त प्रयासले मात्र हाम्रो विद्यार्थीलाई उत्कृष्ट शिक्षा र जीवनका सबै क्षेत्रमा सफलता दिलाउन सक्छ। यस अवसरमा, हामी विद्यालयका सम्पूर्ण शिक्षकवर्ग र अभिभावकलाई धन्यवाद दिन चाहन्छौं जसले सधैं हाम्रो विद्यार्थीहरूको प्रगति र समृद्धिको लागि योगदान दिएका छन्।” प्रिन्सिपल केसीले अभिभावक र विद्यालयको सामूहिक प्रयासको महत्त्वलाई जोड दिँदै, भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गरेर विद्यार्थीहरूको व्यक्तित्व विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहने कुरा व्यक्त गर्नुभयो।

    IMG-20250302-WA0022.jpg

    बानेश्वर संखमुल क्षेत्रकै एउटा अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित नेरिक एकेडेमीले पढाईका साथसाथै बालमैत्री, ब्यबहारिक र संस्कार सहितको शिक्षा दिने गरेको छ।

    IMG-20250302-WA0010.jpg

    images
    आइतवार, फाल्गुण १८ २०८१०२:०८:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार