Oct 03 2026 | २०८३, आश्विन १७ गते

प्याब्सन कीर्तिपुर नगरद्वारा आयोजित अन्तर- विद्यालय क्विज प्रतियोगिता सम्पन्न

प्याब्सन कीर्तिपुर नगरद्वारा आयोजित अन्तर- विद्यालय क्विज प्रतियोगिता सम्पन्न

  • 946
    SHARES

  • प्याब्सन कीर्तिपुर नगरद्वारा आयोजित अन्तर- विद्यालय क्विज प्रतियोगिता सम्पन्न

    काठमाडौ। निजि तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कीर्तिपुर नगरद्वारा आयोजित अन्तर- विद्यालय क्विज प्रतियोगिता २०८१ सम्पन्न गरेको छ। गत फागुन १४ र १५ गते कीर्तिपुरको उज्वल शिशु निकेतनमा नगर अध्यक्ष तथा ग्रीन भिलेज एजुकेसन फाउन्डेसनका प्रिन्सिपल रबि भण्डारीको सभापतित्वमा तथा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

    FB_IMG_1741016109750.jpg

    कीर्तिपुर नगरपालिका प्याब्सनको आयोजना तथा उज्ज्वल शिशु निकेतनको आयोजनामा ​​भएको उक्त कार्यक्रममा ११ सदस्य विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    उक्त प्रतियोगिताको फाइनल राउन्डमा ल्याबरोटरी स्कुल प्रथम स्थान, पुष्पसदन स्कुल द्वितीय स्थान, ग्रीन भिलेज एजुकेसन फाउन्डेसन तृतीय र किर्ती स्कुलले चौथो स्थान हात पार्यो।

    FB_IMG_1741017282051~2.jpg

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हात पार्ने विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका थिए। पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा अध्यक्ष रबि भण्डारीले विद्यार्थीहरुको चौतर्फी बिकासलाई ध्यानमा राख्दै नगर प्याब्सनले बर्षभरी बिभिन्न CCA र ECA कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो।

    FB_IMG_1741017275356.jpg

    उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्याब्सन जिल्ला कार्यसमिति उपाध्यक्ष धन बहादुर पुन र विभिन्न सदस्य विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उज्ज्वल शिशु निकेतनका प्रिन्सिपल तथा कीर्तिपुर नगर प्याब्सनका सल्लाहकार दिलमान महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो।

    FB_IMG_1741016080627.jpgFB_IMG_1741016087414.jpgFB_IMG_1741016084088.jpgFB_IMG_1741016089203.jpg

    यो पनि पढ्नुस् 👉️ नगरपालिका स्तरीय अन्तर- विद्यालय एकल नृत्य प्रतियोगिता (MUNICIPAL LEVEL INTER SCHOOL SOLO DANCE COMPETITION-2081) सम्पन्न ।

     

    images
    सोमवार, फाल्गुण १९ २०८१०९:१९:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार