Aug 13 2026 | २०८३, श्रावण २८ गते

पहिलो चरणको अन्तिम प्रदर्शन: 'शिक्षकहरुले भने माग पूरा नभए विद्यालय फर्किदैनौ' ।

पहिलो चरणको अन्तिम प्रदर्शन: 'शिक्षकहरुले भने माग पूरा नभए विद्यालय फर्किदैनौ' ।

  • 1.7K
    SHARES

  • पहिलो चरणको अन्तिम प्रदर्शन: 'शिक्षकहरुले भने माग पूरा नभए विद्यालय फर्किदैनौ' ।

    फागुन, २४ गते/काठमाडौं । नेपाल शिक्षक महासंघले घोषणा गरेको पहिलो चरणको आन्दोलन सकिएको छ। शिक्षकहरूले आज काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्सन तथा र्‍याली गर्दै पहिलो चरणको आन्दोलन सकिएको हो।

    FB_IMG_1741443066040.jpg

    देशभरका सामुदायिक विद्यालयका शिक्षक आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिँदै फेरि काठमाडौं केन्द्रित सडक आन्दोलनमा उत्रिएका थिए। नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै नारा जूलूस गरेका थिए।

    माइतीघरमा भेला भएका शिक्षकहरूले सरकार र महासंघबीच भएको सहमति अनुसार विद्यालय शिक्षा सम्बन्धी कानुन तत्काल जारी गर्न माग गरेका छन् । विगतमा सरकारसँग भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई दबाब दिन प्रदर्शन गर्न बाध्य भएको उनीहरूको भनाइ छ । विद्यालय, विद्यार्थी र शिक्षकमैत्री कानुन बनाउनुपर्ने माग उनीहरूको छ ।

    1741435819219.jpg

    सरकार र महासंघबीच गत वर्ष विद्यालय शिक्षा विधेयकमा मागहरू सम्बोधन गर्ने सहमति भएको थियो । शिक्षकको १०-१० वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनका लागि न्यूनतम ५ वर्ष सेवा कायम गर्ने, शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि ४० वर्ष कायम गर्ने, योगदानमा आधारित निवृत्तिभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह हुने लगायतका व्यवस्था विद्यालय शिक्षा विधेयकमा समावेश गर्ने सहमति भएको थियो । तर ऐन जारी नभएपछि शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।

    FB_IMG_1741429302300.jpg

    यसअघि महासंघले चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । महासंघले आन्दोलनको पहिलो चरणमा पालिका, जिल्ला र प्रदेश तहमा ध्यानाकर्षणपत्र बुझाउँदै विरोध सभा गरेको थियो।

    काठमाडौंको पहिलो चरणको अन्तिम दिनको प्रदर्शनपछि दोस्रो चरणको आन्दोलन अन्तर्गत राजनीतिक दलका पार्टी कार्यालयमा दबाबपूर्ण धर्ना दिने र त्यति गर्दा समेत माग पूरा नभए अवज्ञामुलक आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ । नजिकिदै गरेको एसईईलाई मध्यनजर गरेर अहिलेलाई सडक आन्दोलन नगर्ने र एसईई पछि तत्कालै विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक आन्दोलन गरिने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

    images
    शनिवार, फाल्गुण २४ २०८१०९:१२:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार