Aug 13 2026 | २०८३, श्रावण २८ गते

बिद्यालय शिक्षा विधेयक पारित भएपछि धेरै समस्याहरू समाधान हुन्छन्’

बिद्यालय शिक्षा विधेयक पारित भएपछि धेरै समस्याहरू समाधान हुन्छन्’

  • 630
    SHARES

  • बिद्यालय शिक्षा विधेयक पारित भएपछि धेरै समस्याहरू समाधान हुन्छन्’

    काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुने बताएका छन् । शनिबार ललितपुरमा आयोजित बृहत् शैक्षिक सम्मान कार्यक्रममा अध्यक्ष दाहालले यस्तो धारणा राखेका हुन्।

    पञ्चायतकालीन ऐनबाट निर्देशित हुनुपर्दा परिवर्तित सन्दर्भका समस्या समाधान हुन नसकेको अध्यक्ष दाहालको भनाइ थियो। विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुने उनले बिश्वास गरे।

    अध्यक्ष दाहालले शैक्षिक क्षेत्रबाट उत्पादित दक्ष जनशक्तिले नै मुलुकको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन उपयुक्त वातावरण निर्माण गर्नु सबैको दायित्व भएको धारणा राखे ।

    images
    शनिवार, चैत्र १ २०८१०५:०१:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार