शुक्रवार, चैत्र ७ २०८१
चैत, ८ गते/ काठमाडौ। प्रतिनिधि सभा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० माथि छलफलका लागि उपसमिति गठन गर्ने भएको छ । संसदमा रहेको शिक्षा विधेयकमा सहमति जुटाउने उदेश्यले समितिको आजको बैठकले उपसमिति गठन गर्ने तयारी गरेको जनाइएको छ ।
यसअघि चैत ५ गते बसेको समितिको बैठकमा विद्यालय शिक्षा विधेयकका सम्बन्धमा समिति सचिवालयबाट समिति समक्ष पेस भएका विभिन्न ९ वटा प्रतिवेदनहरू तथा सुझावहरू अध्ययन गरी समितिको आगामी बैठकमा हुने दफावार छलफलमा सहभागी हुन सबै सांसदहरूलाई सभापति अम्मर बहादुर थापाले अनुरोध गरेका थिए ।
सभापति अम्मरबहादुर थापाका अनुसार सबै दलको प्रतिनिधित्व रहेको सानो टिममा विधेयकका विवादित विषय टुंग्याएर छिटोभन्दा छिटो प्रतिवेदन पेश गर्ने गरी उपसमिति बनाइएको हो ।
उपसमितिलाई कतिपय समितिका अन्य सदस्य, विज्ञ र अन्य सरोकारवालाहरुसँग छलफल तथा परामर्श गरेर टुंगाउन भनिएको छ । आन्तरिक पनि बसेर टुंग्याउन भनिएको छ ।