Aug 13 2026 | २०८३, श्रावण २८ गते

सांसद चन्दले खोजिन् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक।

सांसद चन्दले खोजिन् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक।

  • 613
    SHARES

  • सांसद चन्दले खोजिन् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक।

    चैत, १० गते/काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयकको खोजी गरेकी छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी कानुन नबनेको प्रति रोष प्रकट गर्दै विधेयक कता हरायो ? भनी प्रश्न गरेकी हुन् ।

    सांसद चन्दले राष्ट्रिय सभाले पास गरेर पठाएको लामो समय भइसक्दा समेत विधेयकले कानुनी रूप नलिएको भन्दै सरकारसँग जवाफ समेत माग गरिन्। उनले भनिन्, ‘सम्माननीय अध्यक्ष महोदय, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? सरकारले जानकारी दिनुपर्‍यो । राष्ट्रिय सभाले पास गरेर उहिल्यै पठाएको विधेयक अहिलेसम्म पनि कानुनमा किन गइरहेको छैन ? सरकारको जवाफ माग्दछु ।’

    यसअघि बिधेयक राष्ट्रिय सभाबाट पास भईसकेको छ।

    images
    आइतवार, चैत्र ९ २०८१०५:०५:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार