शुक्रवार, चैत्र १४ २०८१
काठमाडौ। नेपाल शिक्षक महासंघले शिक्षा बिधेयक पारित नहुन्जेल एसईई कापी नजाँच्ने चेतावनी दिएको छ। शिक्षक आन्दोलन भाग दुई अन्तर्गत चैत २० गते देखि काठमाडौ केन्द्रित आमहड्ताल गर्ने तयारी गरेको महासंघले शिक्षकसंग बिगतमा गरिएका सम्झौता सहितको शिक्षा बिधेयक पारित नहुन्जेल आन्दोलन जारी राख्ने र एसईई कापि समेत नजाँच्ने चेतावनी दिएको हो।
त्यस्तै काठमाडौँमा बिहीबार आयोजित विद्यालय शिक्षा विधेयकसम्बन्धी छलफलमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले शिक्षकलाई 'होच्याएर बोले' पछि नाराबाजी गर्दै आक्रोशित शिक्षकहरूले सभापति थापाको राजिनामा समेत माग गरेका छन्।
उक्त् कार्यक्रममा सहभागी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले सरकारको तलब खाएर आन्दोलन गर्न नपाइने, शिक्षकको ट्रेड युनियन अधिकार विधेयकमा नराख्ने र विधेयकमा शिक्षकलाई कारबाहीका दायरा ल्याउने चेतावनी दिए।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल) ले आयोजना गरेको विद्यालय शिक्षा विधेयक छलफल कार्यक्रममा सभापति थापाले सरकारको तलब खाएर आन्दोलन नपाइने, शिक्षकको ट्रेड युनियन अधिकार विधेयकमा नराख्ने र विधेयकमा शिक्षकलाई कारबाहीका दायरा बनाउने सभापति थापाको तर्क थियो।
तत्पश्चात समितिका सभापति अम्बर बहादुर थापाले बिधेयकको बारे बुझ्ने र पारित गर्नसक्ने ज्ञान क्षमता राख्न नसक्ने नभएकोले शिक्षकहरु माथि अनेक आरोप लगाएको भन्दै सभापती थापाले राजिनामा दिनुपर्ने शिक्षक आन्दोलन परिचालन समितिका अध्यक्ष एवम् नेपाल शिक्षक महासंघको सह-अध्यक्ष नानुमाया पराजुलिले बताउनुभयो। ‘तपाईँ अहिले कुन पदमा हुनुहुन्छ? तपाईँ जिम्मेवार पदमा बसेर गैरजिम्मेवार कुरा बोल्न पाइँदैन। तपाईँले जुन कुरा बोल्नुभएको छ त्यो शिक्षकमाथि अपमानित शब्द छ। सार्वजनिक कार्यक्रममा शिक्षकलाई हेप्नुभयो, अपमान गर्नुभयो। शिक्षहरु यस्तो हेपाई सहन सहदैन। पराजुलिले भन्नुभयो।
सभापति थापाको ‘गैरजिम्मेवार अभिव्यक्ति’ले शिक्षक आन्दोलनलाई बल पुगेको र एउटा एजेन्डा पनि थप गरेको संयोजक पराजुलीले बताउनुभयो। उहाँले विद्यार्थी मिडियासंग कुरा गर्दै भन्नुभयो, ‘सभापतिको कुराले हाम्रो आन्दोलनलाई बल पुगेको छ। विधेयक अघि बढाउन सभापति थापाको क्षमता पुग्दैन। उहाँले अविलम्ब राजीनामा दिनुपर्छ। यो महासंघको आन्दोलनको थप एजेन्डा हो।’
त्यसैगरी नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरिले विद्यालय शिक्षा बिधेयक जारी गर्न सरकार गैरजिम्मेवार रहेको भन्दै शिक्षा समितिका सभापतिले शिक्षकहरु बारे गरेको टिप्पणी अत्यन्तै निकृष्ट रहेको बताउनुभयो । उहाँले सभापति थापाले बिधेयक ल्याउन नसक्ने भन्दै राजिनामा दिनुपर्ने बताउनुभयो ।
विद्यालय शिक्षा विधेयक लामो समयदेखि समितिमा अड्किएको छ। महासंघले विधेयकमा छलफल गरी तत्काल पारित गर्न दबाब दिँदै विभिन्न प्रकारका आन्दोलन गरिसकेको छ। महासंघले २० गतेदेखि अब देशभरका शिक्षकलाई काठमाडौँमा उतारेर सशक्त आन्दोलन गर्दैछ।