शुक्रवार, चैत्र २१ २०८१
चैत, २२ गते काठमाडौ। प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले नेपाल शिक्षक महासंघको आन्दोलनलाई ऐक्यबद्धता जायर गरेका छन्। बिहीवार शिक्षक आन्दोलन भैरहेको बानेश्वर क्षेत्रमा सहभागी भई आन्दोलन प्रती ऐक्यबद्धता जायर गरेका हुन्।
आन्दोलनरत शिक्षकहरु संग कुरा घर्दै भण्डारीले अहिले शिक्षकमा पर्न गएको असुविधा पेशाप्रतिको असुरक्षा र अपमान समाजको पनि अपमान भएको समेत बताएका छन् । शिक्षक हाम्रो वर्तमान र भविष्यका दर्पण रहेको र कस्तो समाज हामी बनाउन चाहन्छौँ त्यस समाजका पहिलो अभिभावक शिक्षक रहेको उल्लेख गरे।
सांसद भण्डारीले सामाजिक सञ्जाल मार्फत आन्दोलनको मैदानमा शिक्षकहरूसँग भेट गर्नुपर्दा खुसी हुन नसकेको र त्यसको नैतिक जिम्मा आफ्नो पनि रहेको बताउँदै आफूहरू भविष्य निर्माता शिक्षकका साथमा रहेको र शिक्षकका जायज माग पूरा गर्न र गराउन प्रतिबद्ध रहेको जनाएका छन् ।
उनले लेखेका छन् ‘शिक्षक हाम्रो वर्तमान र भविष्यका दर्पण हुन् , कस्तो समाज हामी बनाउन चाहन्छौँ त्यस समाजका पहिलो अभिभावक हुन् । तर आज शिक्षकमा पर्न गएको असुविधा पेशाप्रतिको असुरक्षा र अपमान समाजको पनि अपमान हो । तसर्थ हामी भविष्य निर्माता शिक्षकका साथमा छौँ । शिक्षकका जायज माग पूरा गर्न र गराउन हामी सबै प्रतिबद्ध छौँ ।
आन्दोलनको मैदानमा शिक्षक साथीहरूसँग भेट गर्नुपर्दा खुसी हुन सकिएन , त्यसको नैतिक जिम्मा मेरो पनि हो ।’