मंगलवार, चैत्र २५ २०८१
चैत, २६ गते। काठमाडौ बर्नहार्ट कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई (Farewell) गरेको छ। सोमबार काठमाडौको एकेडमी हल कमलादीमा एक भब्य कार्यक्रमका बीच विद्यार्थी बिदाई कार्यक्रम गरेको हो।

Farewell कार्यक्रम बर्नहार्ट कलेजका अध्यक्ष भुपेश छत्कुलीको सभापतित्वमा सम्पन्न भयो भने कार्यक्रममा काठमाडौ बर्नहार्ट स्कुल/कलेजका कार्यकारी निर्देशक नवराज अधिकारी, शैक्षिक निर्देशक पुरुषोत्तम बिष्ट, प्रिन्सिपल अमृत बाबू भट्ट, प्रशासन प्रमुख रामचन्द्र थापा, कोर्डिनेटरहरु मनोज बिष्ट, रामकृष्ण पराजुली, इसिए इन्चार्ज सुजन रेग्मी लगाएत बिभागिय प्रमुखहरु, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्राचार्य अमृत बाबू भट्टले आउदै गरेको कक्षा १२ को परिक्षा सफलताको शुभकामना दिनुभयो। '२ बर्ष बर्नहार्टमा जिवनोपयोगी कुरा सिकेर जाँदै हुनुहुन्छ । तपाईं आफुले सिकेको र आफ्नो रुचि भएको क्षेत्रमा प्रवेश गर्नुस् तपाईहरु सक्षम हुनुहुन्छ, भट्टले भन्नुभयो।

काठमाडौ बर्नहार्ट कलेज नेपालकै उत्कृष्ट रहेको भन्दै विद्यार्थीहरु कक्षा १२ पछि विद्यार्थीहरुले आफू चाहेको बिषय अध्यायनको लागि बर्नहार्ट कलेज बाफल खुला रहेको बताउनुभयो। "बर्नहार्ट कलेज आइटी क्षेत्रमा उत्कृष्ट कलेजको रुपमा लिइन्छ" भट्टले भन्नुभयो, कक्षा १२ मा बर्नहार्ट पढेका विद्यार्थीहरुलाई बाफल स्थित कलेजमा BSc.CSIT, BCA, BBAM, BSW, BBS लगाएत बिषयमा अध्ययन गर्न आउदा स्वागत गर्न तयार रहेको बताउनुभयो ।

विद्यालय तह पार गरिसकेपछि बिश्वबिद्धालय तह आफूले रोजेको विषय र त्यसमा हासिल गर्ने दक्षताले नै एक सफल नागरिक बन्ने अवसर प्राप्त हुने भन्दै प्रिन्सिपल भट्टले स्कुल/ कलेज सिकाएको ज्ञान, सीप र क्षमता परिवार, समाज र देशको निर्माणमा लगाउन पर्ने कुरामा कुनै सर्त राख्न नहुने बताउनुभयो। त्यसको लागि विद्यार्थीहरुले कठिन मिहिनेत गर्नुपर्ने भन्दै विश्वविद्यालय शिक्षा सफलताको शुभकामना दिनुभयो।

उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृति झल्किने साँस्कृतिक कार्यक्रमहरुको प्रस्तुतीहरु देखाएका थिए।






