बुधवार, चैत्र २६ २०८१
काठमाडौं । संसद्को शिक्षा समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुटेको छ । बुधबार बिहान ११ बजेदेखि बसेको शिक्षा उपसमितिको बैठकमा परिच्छेद ४ को दफा २८ देखि ३८ दफासम्ममा सहमति जुटेको हो।
योसँगै विधेयकको दफा ३८ सम्म सहमति जुटेको हो । १६३ दफा रहेको विधेयकका ३८ दफामा सहमति जुटेको उनको भनाइ छ ।
बिहानदेखि परिच्छेद ४ का सबै दफामा छलफल भएर सहमति जुटेको बताइएको छ । थप दफामा छलफल गर्न भोली दिउँसो १२ बजेका लागि उपसमितिको बैठक बोलाईएको छ ।
शिक्षा समितिले विधेयकमाथि सहमति जुटाउन नेकपा एमाले सांसद् छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले फास्ट ट्र्याकमा छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको जनाएको छ ।