Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षा समितिका सभापति भन्छन, ‘बर्खे अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक पेस गर्न सकिँदैन’

शिक्षा समितिका सभापति भन्छन, ‘बर्खे अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक पेस गर्न सकिँदैन’

  • 726
    SHARES

  • शिक्षा समितिका सभापति भन्छन, ‘बर्खे अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक पेस गर्न सकिँदैन’

    बैशाख, ३ गते/ काठमाडौ। प्रतिनिधि सभा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले बजेट अधिवेशन सुरु भएको पहिलो साता नै विद्यालय शिक्षा विधेयक पेस गर्न नसकिने बताएका छन् ।

    सभापति थापाले समितिको उपसमितिमा हाल दफावार छलफल चलिरहेको बताउँदै सभापति थापाले प्रक्रिया अनुसार जाँदा पनि जेठमा मात्र सम्भव हुने बताए ।

    ‘उपसमितिले १९ वैशाखमा प्रतिवेदन बुझाउने समय हो । अधिवेशन सुरु भएको पहिलो साता नै विधेयक संसद्मा पेस गर्न सकिँदैन। ‘उपसमितिबाट प्रतिवेदन आएपछि पनि फुल समितिबाट टुंगो लगाउन अर्को २० दिन लाग्छ थापाले भने ।’

    सरकारले कुनै तवरबाट ल्याए थाहा भएन नभए अधिवेशनको सुरुमा पेस गर्न नसकिने उनले स्पष्ट पारे । ‘नहुने कुरा गरेर हुँदैन । सरकारले छुट्टै ल्याए थाहा छैन । समितिबाट जान जेठ लाग्छ,’ थापाले भने । #अनलाइन खबर

    images
    बुधवार, बैशाख ३ २०८२०९:०२:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार