Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रधानमन्त्री र आन्दोलनरत शिक्षकहरुको संवाद निष्कर्ष विहिन: आन्दोलन यथावत ।

प्रधानमन्त्री र आन्दोलनरत शिक्षकहरुको संवाद निष्कर्ष विहिन: आन्दोलन यथावत ।

  • 897
    SHARES

  • प्रधानमन्त्री र आन्दोलनरत शिक्षकहरुको संवाद निष्कर्ष विहिन: आन्दोलन यथावत ।

    काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच संबाद भएको छ। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटरमा नेपाल शिक्षक महासंघका पदाधिकारी र प्रधानमन्त्रीविच शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा संवाद भएको हो।

    भेटका क्रममा निरन्तर जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल भएको बताइएको छ। संबादमा मुख्य गरी अस्थायी प्रकृतिका शिक्षक, इसिडी शिक्षक र विद्यालय कर्मचारी ब्यबस्थापन बारे व्यापक छलफल भएको बताइएको छ। यद्यपि संवादले कुनै निष्कर्ष भने निकाल्न नसकेको तर संवाद सकारात्मक भएको स्रोतले बतायो। 

    विद्यालय शिक्षा विधेयक, २०८१ तत्काल लागू गर्न माग गर्दै गर्दै महासंघको आह्वानमा चैत २० गतेदेखि देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन्। आन्दोलन भोलि समेत जारी रहने छन्।

    शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख बताएका छन् ।

    'प्रधानमन्त्रीज्यूले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो । त्यसपछि राती ११ः३० बजे सभामुख देवराज घिमिरेसँग भेट भयो । वहाँसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपाय बारे छलफल भयो', सुवेदीले भनेका छन् ।

    हिजो प्रधानमन्त्री र सभामुखसँग भएका कुराकानीबारे आजको विरोध प्रदर्शनमा जानकारी गराउने पनि सुवेदीले बताएका छन् ।

    'हामी एक दुई सानातिना मागहरूको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौँ । विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो । आजको विरोध सभामा हिजो भएको भेट बारे सबै कुरा साथीहरू बिच राखिने नै छ । परिस्थितिको समग्र मूल्याङ्कनका लागि तहगत छलफलहरू गरिनेछ', उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी छन्।

    images
    शुक्रवार, बैशाख ५ २०८२११:४७:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार