Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकसँग सहमति गर्न मन्त्री परिषद्मा पेश गर्ने सात बुँदे प्रस्ताव ।

शिक्षकसँग सहमति गर्न मन्त्री परिषद्मा पेश गर्ने सात बुँदे प्रस्ताव ।

  • 618
    SHARES

  • शिक्षकसँग सहमति गर्न मन्त्री परिषद्मा पेश गर्ने सात बुँदे प्रस्ताव ।

    बैशाख, ८ गते/ काठमाडौँ। शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकसँग सहमति खोज्न सरकारले सातबुँदे प्रस्ताव तयार गरेको छ । सो प्रस्तावहरु सोमबार बस्ने मन्त्री परिषद्मा लैजाने बताइएको छ।

    शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा अनुसार शिक्षकहरूलाई समेत सहभागी बनाएर आन्दोलन रोकिने गरी सातबुँदे सहमति तयार पारिएको बताए ।

    मन्त्री परिषद्मा लैजाने प्रस्ताव:

    १: अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्ने,

    २: बिरामी बिदाको पैसा दिने,

    ३: निजामती अस्पतालमा उपचार गराउन छुट दिने,

    ४: राहत शिक्षकलाई दुर्गम भत्ता दिने,

    ५: बालविकासका शिक्षकको तलब बढाउने,

    ६: शिक्षकको मर्यादाक्रम वृद्धि गर्ने र

    ७: आवश्यकताअनुसार ग्रेड वृद्धि गर्ने बुँदा छन् ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार