मंगलवार, बैशाख ९ २०८२
बैशाख, ९ गते- धादिङको थाक्रे गाउँपालिकाले जनप्रतिनिधि देखि शिक्षक कर्मचारीसम्मलाई आफनो छोराछोरी सामुदायिक विद्यालयमा पढाउन आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गरेर सो आग्रह गरेको हो ।
गाउँ कार्यपालिकाको बैशाख ७ गते बसेको बैठकले आफना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेको थियो।
यस निर्णय संगै अब गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्नो सन्ततिहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने छ।
