Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षा मन्त्रालयद्वारा आन्दोलन शिक्षक महासंघलाई बार्ताको लागि आह्वान ।

शिक्षा मन्त्रालयद्वारा आन्दोलन शिक्षक महासंघलाई बार्ताको लागि आह्वान ।

  • 565
    SHARES

  • शिक्षा मन्त्रालयद्वारा आन्दोलन शिक्षक महासंघलाई बार्ताको लागि आह्वान ।

    काठमाडौँ। शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई बार्ताको लागि आह्वान गरेको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले निरन्तर सञ्चालन गरिरहेका ध्यानाकर्षण कार्यक्रमप्रति सरकार गम्भीर रहेको बताउँदै मन्त्रालयले यथाशीघ्र संवादमा आउन महासंघलाई आह्वान गरेको हो। 

    विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने बातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवर्द्धन गर्न उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको मन्त्रालयले जनाएको छ।

    साथै शिक्षकहरुसँग विगतमा झै निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट आह्वान गरेको बिज्ञप्तिमा उल्लेख छ।

    FB_IMG_1745567971148.jpg

    images
    शुक्रवार, बैशाख १२ २०८२०१:५४:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार