आइतवार, बैशाख १४ २०८२
काठमाडौ। नेपाल शिक्षक महासंघको नेतृत्वमा भईरहेको काठमाडौ केन्द्रित शैक्षिक हडतालको २६औं दिन प्रहरि हस्तक्षेप भएको छ। काठमाडौको बानेश्वर क्षेत्रमा शान्तिपुर्ण तरिकाले आन्दोलन गरिरहदा आक्रोशित शिक्षहरुले निषेधाज्ञा तोड्न खोज्दा निर्मम हस्तक्षेप गरेको हो।
आन्दोलनमा प्रहरिले पानीको फोहोरा समेत फालेको थियो। उक्त झडपमा परि ६५ जना भन्दा बढी शिक्षकहरु घाइते भएको छन् । उक्त झडपमा परि केही संचारकर्मी समेत घाइते भएला छन।
घाइतेहरूको अहिले सिभिल हस्पिटल, एभरेस्ट हस्पिटल र ट्रमा सेन्टरमा उपचार भईरहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । आन्दोलनमा शिक्षक गोबिन्द बटालालाई गम्भिीर चोट लागेपछि उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । त्यस्तै आन्दोलनको क्रममा पत्रकार सबिना कार्की पनि घाइते भएकी र अहिले तिलगंगा आँखा अस्पतालमा उनको उपचार भईरहेको छ । रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबिचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको छ।
झडप पश्चात् बोल्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारले निरङ्कुस चरित्र देखाएको आरोप लगाएका छन। शिक्षकहरुले शान्तिपुर्वक तरिकाले ऐन माग्दा सरकारले आन्दोलनमाथी दमन गरेको भन्दै उक्त दमनको घोर निन्दा गरेका छन्।
झडपपश्चात् बोल्दै अध्यक्ष सुवेदिले भने सरकारले निरङ्कुस चरित्र देखाएको छ। राजाको बन्दुकबाट नडराएको शिक्षक यस्तो दमन संग डराउदैन।' अध्यक्ष सुवेदीले शिक्षक कर्मचारिको शिर झुकाउने तागत कसैसंग नभएको समेत बताए। सुवेदीले गान्धीको उक्ति लिदै शिक्षकलाई भने, मनबाट डरलाई निकाली दिनुस् तपाईलाई दुनियाको कुनै तागतले दबाउन सक्दैन ।
शिक्षक आन्दोलन निरन्तर २६औं दिन चलिरहेको छ। शिक्षकहरुले शिक्षक कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी नहुन्जेल आन्दोलन नरोकिने बताउदै आएका छन्।
यसै विषयमा महासङ्घको अहिले ३ बजे राष्ट्रिय समितिको बैठक बोलाइएको अधिकारीले जानकारी दिए । शिक्षक गोबिन्द बर्तौलालाई गम्भिीर चोट लागेपछि उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । यसैगरी शिक्षकको आन्दोलनको क्रममा पत्रकार सबिना कार्की पनि घाइते भएकी छन् । अहिले तिलगंगा आँखा अस्पतालमा उनको उपचार भईरहेको छ । रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबिचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो । शिक्षकहरूले सरकारसँग भएको सहमति सम्बोधन गरेर शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग सहित चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् ।