सोमवार, बैशाख १५ २०८२
ललितपुर महानगरपालिकाले बैशाख १६ गतेबाट नियमित विद्यालय सञ्चालन - पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप गर्न अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै महानगरले सो अनुरोध गरेको हो।
विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलापहरू सञ्चालन हुन नसक्दा शैक्षिक कार्यपात्रोमा समेत असर पर्ने सूचनामा उल्लेख छ। कार्यपात्रो बमोजिम विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलापहरू सञ्चालन हुन नसक्दा गम्भीर असर पर्ने महानगरपालिले जनाएको छ।
‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु, नगराउनु भनी भएको आदेश बमोजिम यस महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरू मिति २०८२/०१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ’ सूचनामा भनिएको छ ।
यस्तो छ सूचना ।
