Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्यालय नखोले पालिकाको शिक्षा ऐन २०८० को प्रयोग गरी कारबाही गर्ने ।

विद्यालय नखोले पालिकाको शिक्षा ऐन २०८० को प्रयोग गरी कारबाही गर्ने ।

  • 579
    SHARES

  • विद्यालय नखोले पालिकाको शिक्षा ऐन २०८० को प्रयोग गरी कारबाही गर्ने ।

    बैशाख, १६गते/ताप्लेजुङ। जिल्लाको सिदिङवा गाउँपालिकाले आजदेखि अनिवार्य विद्यालय खोल्न निर्देशन दिँदै विद्यालय नखोले पालिकाको शिक्षा ऐन २०८० को प्रयोग गरी कारबाही गर्ने चेतावनी पनि दिएको छ । शिक्षा क्षेत्रको स्थायीत्व, प्रगति र शिक्षकहरुको आत्म सम्मान कायम राख्दै आफ्नो कार्यस्थलमा फर्कने उचित वातावरण निर्माणको लागि सिदिङवा गाउँपालिका सधै सकारात्मक रहेको र जायज मागहरुको सम्बोधनको लागि गाउँपालिकाको तर्फबाट सदैव सहयोग रहने प्रतिबद्दता व्यक्त गरेको तर नेपालको वर्तमान संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल अधिकारको सूचिको क्रम संख्या ८ मा आधारभूत र माध्यमिक शिक्षाको व्यवस्थापनमा स्थानीय तहको अधिकार रहेको र स्थानीय सरकार सचालन ऐन २०७४ को परिच्छेद-३ मा गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकार अन्तर्गत दफा-११ को उपदफा-२ को १ (ज) मा आधारभूत र माध्यमिक शिक्षा अन्तर्गत २३ वटा अधिकारहरु स्थानीय तहमा निहित रहेको र सिदिङ्वा गाउँपालिकाको शिक्षा ऐन २०८० मा सिदिङ्वा गाउँपालिकाको शिक्षा सम्बन्धि विभिन्न व्यवस्थाहरु रहेको स्मरण गराउदै अझैपनि विद्यालयहरु बन्द रहने अवस्था आएको खण्डमा कानून बमोजिम अधिकार प्रयोग गरी आवश्यक कार्वाही अगाडी वढाइने चेतावनी समेत दिएको छ।

    मिति २०८१।१२।२० बाट शुरु भएको आन्दोलन लम्बिन्दैजादा विद्यालय बन्द भइ सार्वजनिक शिक्षामा थप क्षति पुग्ने, अवरुद्द शैक्षिक प्रकृयाको कारण विद्यालय प्रति विद्यार्थी र अभिभावको विश्वास घटदै जाने र समग्र शैक्षिक सूचका‌ङ्कहरुमा नकरात्मक असर पर्ने भएकोले सिदिङवा गाउँपालिकाअत्यन्तै गम्भीर रहेको सूचनामा उल्लेख छ।

    नयाँ विद्यालय शिक्षा ऐन जारी गरि शिक्षकका सवै मागहरु सम्बोधन गर्नु पर्ने भन्दै नेपाल शिक्षक मंहासघको नेतृत्वमा मिति २०८१।१२।२० गतेबाट सुरु भएको संघीय राजधानी काठमाण्डौ केन्द्रित शिक्षक आन्दोलनले उठाएका नियमसंगत र नीतिसंगत एजेण्डाहरु संघीय सरकारले अबिलम्ब सम्बोधन गरि शिक्षकहरुको हकहितको रक्षाको लागी समग्र सिदिङ्वा वासी र सिदिङ्वा गाउँपालिकाको तर्फबाट नेपाल सरकारको गम्भिर ध्यानकर्षणको लागी विभिन्न तह र तप्काबाट पहल भइरहेको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

    यस्तो छ सूचना 

    FB_IMG_1745898970567.jpg

    images
    मंगलवार, बैशाख १६ २०८२१०:०१:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार