Aug 13 2026 | २०८३, श्रावण २८ गते

कक्षा १२को परीक्षा तोकिएकै समयमा हुन्छ : बोर्ड

कक्षा १२को परीक्षा तोकिएकै समयमा हुन्छ : बोर्ड

  • 1.3K
    SHARES

  • कक्षा १२को परीक्षा तोकिएकै समयमा हुन्छ :  बोर्ड

    बैशाख, १८ गते/ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा तोकिएकै समयमा हुने जानकारी दिएको छ ।

    बोर्डले एक बिज्ञप्ति जारी गर्दै महासंघको आन्दोलन स्थगन भइसकेकाले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मिति (०८२ वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म) र निर्धारित परीक्षा केन्द्रमा सञ्चालन हुने जानकारी गराएको हो ।

    राष्ट्रिय परीक्षा बोर्डले अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरेर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बोर्डले भ्रममा नपर्न आग्रह पनि गरेको छ ।

    यसअघि वैशाख ११देखिका लागि तय भएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण वैशाख २१ गतेका लागि सरेको थियो ।

    FB_IMG_1746095588360.jpg

    images
    बिहिवार, बैशाख १८ २०८२०५:२९:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार