Aug 13 2026 | २०८३, श्रावण २८ गते

विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनका कार्यक्रमहरू घोषणा।

विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनका कार्यक्रमहरू घोषणा।

  • 668
    SHARES

  • विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनका कार्यक्रमहरू घोषणा।

    काठमाडौँ।शिक्षक महासंघले आफ्नो माग सम्बोधन गर्ने बिषयमा धोका दिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। शुक्रबार परिषदले पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

    परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले परिषद्काे धारणा विपरित सरकारसँग सम्झौता गर्दै राहत, बाल विकास र विद्यालय कर्मचारीलाई बेवास्ता गरेको बताए। ‘शिक्षक महासंघले आफूखुसी सम्झौता गर्‍यो, विद्यालय कर्मचारीका मुद्दाहरूलाई बेवास्ता गर्‍यो,’ अध्यक्ष तिवारीले भने।

    परिषद्ले अबको आन्दोलन शिक्षकमात्र होइन, कर्मचारी अधिकार सुनिश्चित गर्न केन्द्रित हुने जनाएको छ।परिषदले आन्दोलनको संयोजकमा बब्बन मिश्रलाई जिम्मा दिएको।

    यस्तो छन, आन्दोलनका कार्यक्रम

    • मिति २०८२ बैैशाख २१ गते देखि मिति २०८२ जेेेठ ३ गते सम्म कालो पट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने।

    • मिति २०८२ जेठ ४ गतेका दिन ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनकोबारेमा जानकारी गराउने।

    • मिति २०८२ जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने।

    • मिति २०८२ जेठ ६ गते शिक्षा विकास तथा समन्वय इकाई ७७ वटैमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षण पत्र बुझउने।

    • मिति २०८२ जेठ ७ गतेकै दिन ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक बिकास मन्त्रालयमा बुझाउने।

    • मिति २०८२/ जेठ ९ र १० गते काठमाडौं स्थित माइतीघर मण्डला देखि सडक आन्दोलनमा सबै उपस्थित हुने।

    तत्पश्चात समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखाको तयारी गरिनेछ।

    के भन्छन अध्यक्ष ? 

    FB_IMG_1746161246272.jpgFB_IMG_1746161247738.jpg

    images
    शुक्रवार, बैशाख १९ २०८२०५:२६:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार