Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षकको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने

शिक्षकको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने

  • 1.4K
    SHARES

  • शिक्षकको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने

    बैशाख, २४ गते/काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने जनाएको छ । राष्ट्रिय किताव खाना (शिक्षक) ले सोधेको प्रश्नमा शिक्षा मन्त्रालयले बिरामी बिदाको बेला सार्वजनिक बिदा परेको खण्डमा बिरामी बिदामा गणना हुने प्रस्ट पारेको हो ।

    किताव खानाले उक्त विषयमा आवश्यक निर्देशन माग गरी पत्र पठाएको थियो । त्यसको जवाफमा सचिव स्तरीय निर्णय गरेर बिरामी बिदामा गणना हुने प्रस्ट पारेको हो । विद्यालयमा कार्यरत शिक्षकहरूको बिरामी बिदा स्वीकृत गरी बसेको अवधिमा सार्वजनिक बिदा परेमा उक्त सार्वजनिक बिदाका दिनहरू निजको बिरामी बिदामा गणना गर्ने वा नगर्ने भनेर शिक्षा मन्त्रालयलाई सोधेको थियो ।

    त्यसको जवाफमा शिक्षा मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै बिरामी बिदा बसेको अवधिमा सार्वजनिक बिदा परेमा उक्त बिदा समेत बिरामी बिदामा गणना गर्नुपर्ने प्रस्ट पारेको छ ।

    सोही अनुसार अबदेखि बिरामी बिदाको समयमा सार्वजनिक बिदा परेको खण्डमा गणना गरिने भएको हो। जस्तो कि शुक्रबारदेखि आइतबारसम्म बिरामी बिदा मागेको खण्डमा शनिवार समेत गरेर तीन दिन गणना हुनेछ।

    FB_IMG_1746609937991.jpg

    images
    बुधवार, बैशाख २४ २०८२०५:४५:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार