आइतवार, बैशाख २८ २०८२
बैशाख, २८ गते काभ्रे। जिल्लाको रोशी गाउँपालिकाले करार (स्थायी बाहेक) म्याद थप वा नवीकरण ६-६ महिनामा नगरे तलब भत्ता रोक्ने चेतावनी दिएको छ ।
रोशी गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्र कार्यरत राहत र अस्थायी, कर्मचारी, बालविकास सहजकर्ता, साविक उमावि शिक्षकहरुले विद्यालय ब्यबस्थापन समिती र स्थानिय सरकारले करार म्याद थप वा नवीकरण ६-६ महिनामा नगरे तलब भत्ता समेत रोक्ने कडा चेतावनी दिएको हो।
शिक्षा नियमावली २०५९ को नियम ९७ को व्यवस्था बमोजिम करारमा शिक्षक नियुक्ति गर्दा शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक शैक्षिक सत्रको लागि करारमा शिक्षक नियुक्त गर्न सक्ने र एक शैक्षिक सत्रसम्म पनि स्थायी पदपूर्ति नभएमा विद्यालय व्यवस्थापन समितिले एक पटकमा छ महिनामा नबढाई करारको म्याद थप गर्न सक्ने व्यवस्था रहेको हुँदा सो विषयमा विद्यालय व्यवस्थापन समितिमा छलफल गराई विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा करारमा कार्यरत (स्थायी शिक्षकबाहेक) सम्पूर्ण शिक्षक/कर्मचारीको नियमानुसार करार म्याद थप सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सुचनामा उल्लेख गरेको छ।
चालू शैक्षिक वर्षको लागि बढीमा छ महिनाको लागि करार म्याद थप भई सोको जानकारी यस कार्यालयमा प्राप्त नभएसम्म करारमा (स्थायी शिक्षकबाहेक) कार्यरत कुनै पनि शिक्षक कर्मचारीको तलव भत्ता निकासा नहुने पालिकाले जानकारी दिएको छ।
