Aug 13 2026 | २०८३, श्रावण २८ गते

नेविसंघले सीटीईभीटीको नयाँ भर्ना निर्देशिका जलाइयो ।

नेविसंघले सीटीईभीटीको नयाँ भर्ना निर्देशिका जलाइयो ।

  • 969
    SHARES

  • नेविसंघले सीटीईभीटीको नयाँ भर्ना निर्देशिका जलाइयो ।

    जेठ, २ गते/ काठमाडौ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जारी गरिएको नयाँ भर्ना निर्देशिका जलाएको छ।बनेविसंघका प्रतिनिधिहरूले सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईको उपस्थितिमा निर्देशिकामा गरिएको नयाँ व्यवस्थाको विरोध गर्दै जलाएका हुन् ।

    नेविसंघले प्रवेश परीक्षाको प्रावधान हटाएर जीपीएको आधारमा मात्र विद्यार्थी भर्ना गर्ने नयाँ व्यवस्था स्वीकार्य नभएको बताएका छन् । सीटीईभीटीको नयाँ व्यवस्थाले मेरिट आधारित प्रणालीको खारेजी र योग्य विद्यार्थी अवसरबाट वञ्चित हुने खतरा उत्पन्न गरेको नेविसंघको ठहर छ । ‘प्रवेश परीक्षा शिक्षाको स्तरीयताको एउटा आधार हो । यसलाई हटाउनु भनेको शिक्षा प्रणालीमै राजनीतिक हस्तक्षेप गर्ने प्रयास हो,’ नेविसंघले भनेको छ।

    सीटीईभीटीले भने नयाँ निर्देशिका सबै वर्गका विद्यार्थीको पहुँच सहज बनाउन बनाइएको बताउँदै यसले शिक्षा प्रणालीलाई समावेशी र पहुँचयोग्य बनाउने दाबी गरेको छ ।

    images
    शुक्रवार, जेठ ३ २०८२१२:५६:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार