Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षा ऐन ०८० मा दर्ता भएको भन्दापनि अनुदार र शिक्षक–कर्मचारी विरोधी - पराजुली

शिक्षा ऐन ०८० मा दर्ता भएको भन्दापनि अनुदार र शिक्षक–कर्मचारी विरोधी - पराजुली

  • 931
    SHARES

  • शिक्षा ऐन ०८० मा दर्ता भएको भन्दापनि अनुदार र शिक्षक–कर्मचारी विरोधी - पराजुली

    काठमाडौ। नेपाल शिक्षक महासंघकि सह-अध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलिले विद्यालय शिक्षा ऐन ०८० मा दर्ता भएको भन्दापनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको बताएकी छन्। आइतवार उपसमितिले बुझाएको प्रतिवेदन २०८ मा दर्ता भएको भन्दापनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको बताएकी हुन्।

    पराजुलिले अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी ( करार )सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमती वमोजिम न्याय नगरेको। पेन्सन प्रयाेजनका लागि नपुग सेवा अवधि जाेड्ने सवालकाे वेवास्ता गरियाे , आवधिक बढुवाको प्रबन्ध पनि आकाशकाे फल आँखा तरि मर भने जस्तै हुने भएको उल्लेख गर्नुभएको छ।

    पराजुलीले फेसबूकमा लेख्नुभएको छ, "सरुवा झन् शिक्षक मारा भयो। बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन । कतिपय बिषयवस्तुहरू शिक्षा ऐन २०२८काे भन्दा पनि पश्चगामी रहेकाे पाइयाे ।आम शिक्षक कर्मचारीलाइ दास बनाएर शासन गर्न खाेजिएकाे आभास भयाे ।"

    सार्वजनिक शिक्षाकाे हित बिपरित , बिगतमा भएकाे सहमति बिपरित, शैक्षिक आन्दाेलनकाे मर्म र भावना बिपरित प्रतिवेदन समितिमा बुझाइएको पराजुलीले लेख्नुभएको छ ।

    Screenshot_2025-05-19-08-24-28-47_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    सोमवार, जेठ ६ २०८२०८:२३:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार