Aug 13 2026 | २०८३, श्रावण २८ गते

तिब्र बसाइँसराइ : पढ्ने विद्यार्थी नहुदा बेनीका दुई विद्यालय बन्द

तिब्र बसाइँसराइ : पढ्ने विद्यार्थी नहुदा बेनीका दुई विद्यालय बन्द

  • 1.1K
    SHARES

  • तिब्र बसाइँसराइ : पढ्ने विद्यार्थी नहुदा बेनीका दुई विद्यालय बन्द

    जेठ, ५ गते/ म्याग्दी । जिल्लाको बेनि नगरपालिकामा दुई विद्यालय विद्यार्थी नहुदा बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् ।

    सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको पाइएको छ ।

    यस ठाउँमा नयाँ शैक्षिकसत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले बताए ।

    “बन्द भएका जगन्नाथ र ओखले आधारभूतलाई विद्यार्थी सङ्ख्या न्यून भएकाले गत शैक्षिक सत्रमा १–३ बाट कक्षा घटुवा गरेर बालकक्षा मात्र सञ्चालन भएको थियो,” उनले भने, “यसपाली बालकक्षा पढ्ने विद्यार्थी पनि नभएपछि विद्यालय बन्द भएका हुन्।

    नगर प्रमुख सुरत केसीका अनुसार कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो ।

    तीव्र बसाइसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने, विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको नगर प्रमुख केसीले बताए ।

    images
    सोमवार, जेठ ६ २०८२०९:२९:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार