Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकसँग गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्छ: महर

शिक्षकसँग गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्छ: महर

  • 943
    SHARES

  • शिक्षकसँग गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्छ: महर

    जेठ, ६ गते/ काठमाडौ। नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका महरले आज नेपाल शिक्षक संघ काठमाडौं महानगरका पदाधिकारीसँग भएको छलफलका क्रममा सरकारलाई सहमतिबाट पछि नहट्न आग्रह गरेका हुन्।

    'शिक्षकका माग सम्बोधनका लागि नेपाल शिक्षक महासंघसँग सरकारले पटक-पटक गरेका सम्झौता कार्यान्वयन हुनुपर्छ। यसका साथै, संविधानमै व्यवस्था भएको गुणस्तरियता सहित नि:शुल्क शिक्षाको प्रबन्ध कार्यान्वयन कसरी गर्ने, थ्री पीको अवधारणा अनुसार निजी लगानी संरक्षण कसरी गर्ने भन्ने विषयलाई विधेयकमार्फत ल्याउनुपर्छ,’ उनले भने।

    शिक्षकहरूको एक महिने आन्दोलनको मर्म अनुसार सरकारले वैशाख १७ गते गरेको सहमति कार्यान्वयन गर्नु पर्नेमा महरको जोड थियो।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले समितिमा पेश गरेको प्रतिवेदन सरकारले आफूहरूसँग गरेको सहमति विपरित आएको शिक्षक महासंघले जनाउँदै आएको छ। यसको सत्यता के हो? शिक्षा विधेयकमा शिक्षक महासंघसँग भएको सहमतिका प्रावधान राख्नुपर्छ। विधेयकमा शिक्षकहरूलाई गुणस्तरीय शिक्षाका प्रति थप जवाफ देही बनाउनुपर्छ। राज्यले शिक्षकहरूको सेवा सुविधामा दिल खोलेर सहयोग गर्नुपर्छ र उहाँहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कन्ज्यूस्याइ गर्नु हुँदैन भन्नेमा कांग्रेस स्पष्ट छ,’ नेता महरले भने।

    शिक्षकलाई निश्चिन्त भएर परिवार पाल्न सक्ने र जीवनयापन गर्न सक्ने सेवासुविधा नदिएमा उनीहरूले चिन्ता बोकेर गुणस्तरीय शिक्षा दिन नसक्ने मानवीय मर्मलाई समेत बुझ्न उनले सरकारसँग आग्रह गरेका छन्। शिक्षकले आधारभूत कुरा पूर्तिका लागि पनि चिन्ताले थिचिनुपर्ने अवस्था भएमा गुणस्तरीय शिक्षा दिन नसक्ने भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्ने उनको धारणा छ।

    images
    मंगलवार, जेठ ७ २०८२०२:४९:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार