Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश सांसद पौडेलको माग।

शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश सांसद पौडेलको माग।

  • 414
    SHARES

  • शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश सांसद पौडेलको माग।

    जेठ, ११ गते/ काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षकसंग सम्झौता भएका मागहरू पूरा गर्नुपर्ने बताएका छन् । आइतबार शिक्षा समिति बैठकमा बोल्दै पौडेलले शिक्षकहरूसँग सरकारले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गरिनुपर्ने बताएआ हुन् ।

    शिक्षकहरूसँग सहमति गर्ने तर, विधेयकमा अर्को विषय आएको भन्दै पौडेलले हुनै नसक्ने कुरा राखेर शिक्षकहरूलाई झुक्याउन नहुने बताए ।शिक्षकहरूको बढुवाको विषय चन्द्रमामा घडेरी किनेर घर बनाउने जस्तै भएको जानकारी दिँदै शिक्षकहरूको बढुवा हुनै नसक्ने खालको बनाउन खोजिएको भन्दै त्यो सच्याउनुपर्नेमा उनले जोड दिए ।

    कार्यकारी र विधायिकी बसेर शिक्षक महासङ्घसँग गरेको ९ बुँदे सहमतिलाई समितिमा पेस गर्नुपर्ने उनको भनाइ छ ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार