Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षामन्त्री द्वारा समय माग, विद्यालय शिक्षा ऐन बारे छलफल स्थगित ।

शिक्षामन्त्री द्वारा समय माग, विद्यालय शिक्षा ऐन बारे छलफल स्थगित ।

  • 1.4K
    SHARES

  • शिक्षामन्त्री द्वारा समय माग, विद्यालय शिक्षा ऐन बारे छलफल स्थगित ।

    काठमाडौ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले समय मागेपछि विद्यालय शिक्षा विधेयकमाथिको छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एक साताका लागि स्थगित गरेको छ ।

    शिक्षामन्त्री पन्तले समय माग गरेपछि समिति बैठक तत्काल नबस्ने सूचना पाएको समिति सदस्य सरिता भुसालले जानकारी दिइन्। उनले भनिन्, ‘शिक्षामन्त्रीज्यूले आन्तरिक कारण देखाउँदे एक हप्ता समय माग्नुभएको जानकारी पाएकी छु। अब समिति बैठक कहिले बस्छ जानकारी छैन।’

    लगातारजसो बसिरहेको समिति बैठकमा उपसमितिले शिक्षा विधेयकमाथि छलफल गरी बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको छ। समितिको आजको बैठकमा निजी विद्यालय र बाल विकासको विषयमा छलफल भएको थियो।

    यसअघि नेपाल शिक्षक महासंघ र सरकारबीच १७ वैशाखमा सो मितिमा विधेयक प्रतिनिधिसभामा पुर्‍याउने सहमति भएको थियो। समितिलाई शिक्षा विधेयकमाथि छलफल टुंग्याएर आगामी असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभामा पुर्‍याउनुपर्ने चुनौती छ।

    images
    आइतवार, जेठ १२ २०८२०९:०४:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार