मंगलवार, जेठ २१ २०८२
जेठ, २० गते/ काठमाडौँ। स्कुल एसोसिएसन अफ नेपाल (सान) द्वारा आयोजित अन्तर-स्कुल गणित हाजीरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। मंगलवार काठमाडौ महानगर, १५ स्वयम्भू स्थित बोधिसत्त्व स्कुलकमा बौद्धिक गणितीय हाजिरीजवाफ प्रतियोगिता (MENTAL MATH QUIZE COMPETITION) २०८२ सम्पन्न गरेको हो।

विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरीएको कार्यक्रमका संयोजक तथा बोधिसत्त्व स्कुलकका प्रिन्सिपल कुन्केप लामाले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा सान आबद्ध १४ विद्यालयहरु सहभागी रहेका थिए। उक्त प्रतियोगितामा प्रथम स्थान प्रेरणा ज्ञान बाटिका स्कुलले गर्यो। त्यस्तै कामना इन्टरनेसनल स्कुलले द्वितीय, इडियु समिट स्कुलले तृतीय र लिटिल क्लाइम्बर्स स्कुलले चौथो स्थान हासिल गर्यो।


प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने हाजिरीजवाफ प्रतियोगितामा सहभागी सबैलाई विद्यार्थीलाई पुरस्कारको ब्यबस्था गरिएको थियो।


प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा, १५ का अध्यक्ष इश्वरमान डंगोलको प्रमुख आतिथि रहेका थिए । बिशेष अतिथी सोही वडाकी शिक्षा बिभाग प्रमुख मैयालक्ष्मी महर्जन लगाएत सानका पदाधिकारी, सदस्य तथा विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डंगोलले हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीको समग्र बिकासकोलागी महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। सिकाइ क्रियाकलापलाई केन्द्रमा राखेर गरिएको यो कार्यक्रमले विद्यार्थीलाई सक्रिय बनाउने र मिहेनत गर्ने क्षमताको बिकास गर्ने भन्दै यस्ता कार्यक्रमहरुमा सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो। उहाँले संस्थागत विद्यालय मजबुत हुन संस्थागत रुपमा अघि बढ्नुपर्ने बताउनुभयो।

उक्त कार्यक्रममा वडा १५ का शिक्षा बिभाग प्रमुख मैयालक्ष्मी महर्जनले सहभागी विद्यालय तथा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो।

कार्यक्रममा बोल्दै सानका सचिव बाबुराम गौतमले बिजेता विद्यार्थीहरुलाई बधाइ दिनुभयो। साथै सहभागी विद्यार्थीहरुलाई सिक्ने अवसर मिलेको तथा आगामिबाउने कार्यक्रमहरुमा स्थान सुनिस्चित गर्न अवसर मिलेको बताउनुभयो।

कार्यक्रमका सभापति तथा सानका अध्यक्ष दिलिप रेग्मिले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले बालबालिकाहरुमा सिर्जनात्मक क्षमताको बिकास हुने बताउनुभयो । साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

बालबालिकाहरु सानो हिसाब गर्दा समेत क्याल्कुलेटरको प्रयोग बढी गर्ने, आफै सिर्जना कम गर्ने यो अवस्थामा बौद्धिक गणितीय हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरुमा सिर्जनात्मकता प्रयोगमा बिकास हुने धारणा व्यक्त गर्नुभयो। साथै बौद्धिक कार्यक्रम कसरी गर्ने र त्यसलाई असरी अगाडि बढाउने भन्नेकुरालाई प्राथमिकता दिनुपर्ने रेग्मिले बताउनुभयो। <> उक्त प्रतियोगितामा कक्षा १, २ र ३ का बालबालिका सहभागी रहेका थिए ।


