बुधवार, जेठ २२ २०८२
जेठ, २१ गते/काठमाडौं । सिफलस्थित श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले राजावादीहरुको प्रदर्शन सिफल चौरमा केन्द्रित हुँदा सुरक्षा चुनौती साथै पठनपाठन प्रभावित भएको भन्दै सरकारसँग आन्दोलनको स्थान परिवर्तन गर्न माग गरेको छ ।
विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद ढुंगानाले प्रमुख जिल्ला अधिकारी र मार्फत गृह मन्त्रालय र काठमाडौं महानगरको शिक्षा विभागलाई पत्र लेख्दै विद्यालय अगाडि हुने चर्को नारा जुलुस र आवाजले सुरक्षा चुनौती देखिएको र अध्यापन प्रभावित भएकाले आन्दालेनको स्थान परिवर्तनका लागि आग्रह गरेका हुन् ।
'यस सामुदायिक विद्यालयमा विभिन्न खालका समावेशी विद्यार्थीहरु समेत अध्ययन गर्ने भएकोले बढी संवेदनशील हुनुपर्ने अवस्थामा यस्ता खालका गतिविधिहरु भइरहेको हुँदा तुरुन्त आन्दोलनको स्थान परिवर्तन गरी विद्यालय शान्तिक्षेत्र भएकाले विद्यार्थीहरुले शान्तपूर्वक अध्ययन गर्न पाउने बाल अधिकारलाई समेत मनन गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’, पत्रमा भनिएको छ ।
